स्थानीय

  • जनप्रतिनिधिहरु जितेपछि गाउँमा

    दमौली । चुनाव जितेपछि नेताहरु गाउँ नफर्कने गरेको गुनासो अझै पनि मतदाताले गर्ने गरेका छन् । सायद पहिलेको तुलनामा मतदातामा चेतनाको स्तर बढेकाले पनि हुन सक्छ, यसपल्ट भने प्रदेस तथा प्रतिनिधि सभा निर्वाचनमा विजयी प्रतिनिधिहरु मतदातालाई आभार प्रकट गर्न तथा बधाई...

  • दमौलीमा पानीको समस्या देखिएको उपभोक्ताको गुनासो

    दमौली । केही दिनयता दमौली बजारमा खानेपानीको समस्या देखिएको बजारवासीले गुनासो गरेका छन् । पहिलेको गतिमा पानी नआएपछि दैनिक उपभोक्ता तथा व्यवसायीलाई कठिनाई परेको उपभोक्ताको गुनासो छ । चारदिनयता पानी प¥याप्त नभएपछि उपभोक्ताले समितिसँग पनि गुनासो गरेका छन् ।...

  • दमौलीमा एनप्याब्सन खेल महोत्सव शुरु

    दमौली । एनप्याब्सन तनहुँको आयोजनामा दमौलीमा सातौं एनप्याब्सन खेलकुद महोत्सव शुरु भएको छ । दमौली खेलमैदानमा शुरु महोत्सवको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले उद्घाटन गरे । उनले खेल क्षेत्रको विकासले सिकाई उपलब्धिको विकास गर्ने बताए...

  • दुई दललाई जिल्लाभर शून्य मत

    दमौली ।  देशैभर झण्डै सय दलले समानुपातिकतर्फ उम्मेदवारी दिएका थिए । तर यति धेरै दलबाट उम्मेदवार बनेर बन्द सूचीमा नाम पठाए पनि ठूलाबाहेकका सबै दल निकै कमजोर प्रस्तुती देखाउन बाध्य भएका छन् । तनहुँ जिल्लाभरका २ लाख बढी मतदातामध्ये ६४.५ प्रतिशतले मतदान गरेका थिए ।...

  • पुष २७ मा दमौली महोत्सव

    दमौली । पुष २७ देखि माघ ७ सम्म दमौलीमा तेश्रो दमौली महोत्सव हुने भएको छ । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाई समितिको आयोजनामा हुने महोत्सवको तेश्रो संस्करणले स्थानीय व्यापार व्यवसायलाई प्राथमिकता दिने भएको छ । शनिबार दमौलीमा बसेको नेपाल उद्योग वाणिज्य...

  • कलेस्तीमा व्यवसायिक तरकारी तथा च्याउ तालिम

    दमौली । व्यास ७ कलेस्तीमा ३२ दिने व्यवसायिक तथा सीपमुलक  च्याउ तथा तरकारी खेती तालिमको शुरु भएको छ । तालिमको उद्घाटन गर्दै व्यवसायिक तथा सीप विकास तालिम केन्द्रका प्रमुख तिलकराम रिजालले तालिमबाट आवश्यक सीप प्राप्त गरी व्यवसायमा संलग्न भै आर्थिकस्तर उकास्न...

  • नेविसंघ नेतामाथिको उजुरीको विवाद मिल्यो

    दमौली । नेपाल विद्यार्थी संघका केन्द्रीय नेताहरुविरुद्ध परेको सार्वजनिक अपराधको उजुरीमा मिलापत्र गरिएको छ । प्रदेस तथा प्रतिनिधि सभा निर्वाचनका दिन गत मंसीर २१ गते व्यास ८ मा आफूविरुद्ध आक्रमण भएको भन्दै सिन्धुपाल्चोकका रविन्द्र चौलागाइंले नेविसंघका...

  • मानवअधिकार वर्ष पुस्तकको वार्षिक समिक्षा सम्पन्न

    दमौली । इन्सेक तनहँुको आयोजनामा मानवअधिकार वर्ष पुस्तक २०१८को वार्षिक पुर्व समिक्षा कार्यक्रम सम्पन्न भएको छ । सन २०१७ को जनवरी देखी हालसम्म जिल्लामा भएका मानवअधिकार उल्लंघन तथा ज्यादतीहरुको घटनाको प्रतिवेदनको बारेमा समिक्षा गर्न आयोजित  कार्यक्रममा...

  • जनता बैंकको दमौलीमा शाखा

    दमौली । जनता बैंक लिमिटेडले दमौली निमचोकमा शाखा सञ्चालनमा ल्याएको छ । शाखाको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठनाथ न्यौपानेले उद्घाटन गरे । बैंकले आयोजना गरेको कार्यक्रममा बोल्दै न्यौपानेले वित्तिय संस्थाहरुले स्थानीय अर्थतन्त्रमा लगानी बढाउनुपर्नेमा जोड...

  • अकला मन्दिरको उद्घाटन

    दमौली । भूकम्पपछि पुननिर्माण गरिएको तनहुँको म्याग्दे गाउँपालिकास्थित अकला मन्दिरको उद्घाटन गरिएको छ । मन्दिर संरक्षण समितिको सक्रियतामा जिर्णोद्धार गरिएको नयाँ मन्दिरको बिहिबार उद्घाटन गरिएको हो । म्याग्दे गाउँपालिकाकी अध्यक्ष माया रानाले एक...

  • सुत्केरीको एम्बुलेन्स ठोकिंदा तीन घाइते

    दमौली । सुत्केरी लिएर आएको एम्बुलेन्स दुर्घटनामा पर्दा वागबजारमा तीन जना घाइते भएका छन् । गोरखाको मनकामनाबाट सुत्केरी लिएर पोखरा जाँदै गरेको ग २ च १८३० नम्बरको एम्बुलेन्सले ग ७ प ४४७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।  घटनामा परी मोटरसाईकलमा सवार...

  • समानुपातिक मतपरिणाम

    दमौली । बुधबार सम्पन्न समानुपातिकतर्फको मतगणनामा तनहुँमा एमाले पहिलो शक्ति बनेको छ । जिल्लाका दुईवटै क्षेत्रबाट प्राप्त मतको जोडका आधारमा एमालेले प्रतिनिधि सभामा जिल्लाभरबाट ५५ हजार २ सय ८५ मत पाएको छ । कुल खसेको १ लाख ३६ हजार १ सय ३९ मध्ये एमालेले ५५ हजार २ सय ८५...

  • “कर्मचारीको गल्तीले बदर प्रतिशत बढ्यो”

    दमौली । तनहुँ जिल्लाभर खसेका समानुपातिकमध्ये झण्डै ६ प्रतिशत मत बदर पाइएको छ । निर्वाचन अधिकृतका कार्यालयहरुले सार्वजनिक गरेको अन्तिम मतगणनाको परिणामले यस्तो देखाएको हो । लामो र झण्झटिलो समानुपातिक मतपत्रमा धेरै मतदाताले गल्ती गरेका छन् । कुल खसेको १ लाख ३६...

  • तेश्रो लिंगीलाई एचआईभीबाट जोगाउन कार्यक्रम

    दमौली । तनहुँ जिल्लाभित्र रहेका तेश्रो लिंगी समुदायलाई एचआईभी एड्सको जोखिमबाट जोगाउन रोकथाम परियोजना सञ्चालन भएको छ । तेश्रो लिंगी समुदायको संस्था निल हिरा समाजले सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा जिल्लामा केही महिनायता यस्तो परियोजना सञ्चालन गरिरहेको छ । गत...

  • घरेलुले भूकम्पप्रतिरोधात्मक घरको तालिम दिने

    दमौली । घरेलु तथा साना उद्योग विकास समिति मु्ख्य शाखा कार्यालय तनहुँले तनहुँ जिल्लाको ६ वटा गाउँपालिका र ४ वटा नगरपालिकाका व्यक्तिहरुलाई लक्षित गरी भूकम्प प्रतिरोधात्मक घर बनाउने तालिम सञ्चालन गर्ने भएको छ । शाखा कार्यालय तनहुँले इच्छुक तनहुँ नागरीकहरुलाई...

  • विवादित ठाउँमा पुनः मतदान गर्न कांग्रेसको माग

    दमौली । नेपाली कांग्रेस केन्द्रीय कार्यालयले तनहुँ क्षेत्र नम्बर १ अन्र्तगत प्रदेस सभा १ को मतगणना धाँधलीयुक्त भएको भन्दै ४२ मत बढी देखिएका ठाउँमा पुनः मतदान गर्न माग गरेको छ । मंसीर २१ गते सम्पन्न प्रदेस सभा सदस्य निर्वाचनका क्रममा पाँचवटा वाकसमा जम्मा खसेको...

  • समानुपातिकमा कांग्रेसलाई अग्रता

    दमौली । तनहुँको समानुपातिकतर्फको मतगणना जारी छ । बुधबार साँझ निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ ११ हजार ५ सय ४० मत पाएको छ । यसैगरी दोश्रो ठाउँमा रहेको नेकपा एमालेले १० हजार ७ सय ६४ मत पाएको छ ।  यसैगरी माओवादी...

  • बीपी विचार समाजले मेलमिलाप दिवस मनाउने

    दमौली । बीपी विचार समाज तनहुँले आगामी पुष १६ गते ४१ औं राष्ट्रिय मेलमिलाप दिवस विविध कार्यक्रम गरी मनाउने भएको छ । मंगलबार दमौलीमा बसेको समाजको बैठकले बीपी विचार राष्ट्रिय समाजका सह अध्यक्ष एवं नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको प्रमुख आतिथ्यमा विविध...

  • ह्याण्डल फुस्किंदा दुई दर्जन घाइते

    दमौली । नारायणगढबाट दमौलीतर्फ आउँदै गरेको ना ५ ख ९८४६ नम्बरको यात्रुवाहक बस बन्दीपुर नगरपालिका १ बेलभञ्ज्याङस्थित सडकमा पल्टँदा झण्डै दुई दर्जन यात्रु घाइते भएका छन् ।  बसको ह्याण्डलमुनि जोडिएको भाग फुस्कँदा सडकमै पल्टेको ट्राफिक प्रमुख प्रहरी नायब...

  • महेन्द्रका बालबालिकालाई न्यानो कपडा

    दमौली । गणेश उज्जैन स्मृति प्रतिष्ठान ओखलढुंगाले गुणादीको महेन्द्र माविका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । माओवादीद्वारा हत्या गरिएका दाजुभाईको स्मृतिमा स्थापित प्रतिष्ठानले सामाजिक सेवाका क्षेत्रमा विभिन्न काम गर्दै आएको छ । यसैक्रममा...