युथ फेस्टिबल आज

मौली । युवा सम्बद्ध झण्डै एक दर्जन संघ संस्थाको आयोजनामा शुक्रबारबाट दमौलीमा प्रथम युवा महोत्सव(युथ फेस्टिबल) हुने भएको छ । आदिकवि भानुभक्त क्याम्पस प्रांगणमा तीन दिनसम्म चल्ने फेस्टिबलको आवश्यक सबै तयारी पुरा भएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । पत्रकार सम्मेलनमा महोत्सव आयोजक समितिका मुल संयोजक बिपिन श्रेष्ठले तयारी पुरा भएको जानकारी दिए । महोत्सवको प्रसिद्ध विश्व साईकलयात्री पुस्कर शाहले उद्घाटन गर्दैछन् ।
महोत्सवका क्रममा दमौली तथा आसपासका युवाहरुलाई उत्प्रेरणामूलक सेमिनार, साहित्यकारहरुसँगको अन्र्तक्रिया, सन्देशमूलक खेलहरु आदि राखिने श्रेष्ठले जानकारी दिए । ‘आशा नयाँ चाहना नयाँ’ नाराका साथ आयोजना गर्न लागिएको महोत्सवका क्रममा युवा क्षेत्रमा पहिचान बनाएका राष्ट्रिय व्यक्तित्वहरु सहभागी हुनेछन् । मनोरञ्जनभन्दा पनि पृथक शैलीबाट युवा उत्प्रेरणाको उद्देश्यसाथ आयोजना गर्न लागिएको महोत्सवले विशिष्ट शैलीको प्रयोग गर्न लागेको आयोजकहरुको भनाई छ ।
कलेज तहमा अध्ययन गर्ने तथा विभिन्न क्षेत्रमा सक्रिय युवाहरुक लागि लक्षित महोत्सवमा स्थानीय कलाकारहरुले सांगितिक प्रस्तुतीसमेत दिंदैछन् । महोत्सवका आर्थिक संयोजक विनय श्रेष्ठले विभिन्न क्षेत्रबाट साथ र सहयोग मिलेकाले महोत्सव सफल हुनेमा आशावादी रहेको बताए ।
राष्ट्रिय युवा महासंघ नेपाल, डि टेन इभेन्ट म्यानेजमेन्ट ग्रुप, जागौं युवा नेपाल, रोट¥याक्ट क्लब अफ दमौली, लियो क्लब अफ तनहुँ, आदिकवि भानुभक्त क्याम्पसको स्ववियु, युथ फर चिल्ड्रेन, तनहुँ गल्र्स सोसियल क्लबलगायतका युवा क्षेत्रका संघ संस्थाको आयोजनामा हुन लागेको महोत्सवले युवालाई सकारात्मक काममा लाग्न र सिर्जनशील हुन प्रेरणा दिने ठानिएको छ । महोत्सवका क्रममा उद्यमशिलतासम्बन्धी कार्यशाला लगायत पनि राखिने मुल संयोजक श्रेष्ठले बताए ।