सकियो युथ फेस्टिबल

दमौली । झण्डै एक दर्जन युवासम्बद्ध संघ संस्थाको सक्रियतामा दमौलीमा सञ्चालित फस्र्ट युथ फेस्टिबल सम्पन्न भएको छ । तीन दिनसम्म आदिकवि भानुभक्त क्याम्पस प्रागणमा सञ्चालित फेस्टिबलको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठनाथ न्यौपानेले समापन गरे ।
फेस्टिबलको समापन गर्दै न्यौपानेले युवाहरुको सकारात्मक सोच विकासका लागि कार्यक्रम उपयोगी भएको बताए । आदिकवि भानुभक्त क्याम्पसका प्रमुख श्रीकृष्ण न्यौपानेले कार्यक्रम युवाहरुको उत्प्रेरणाका लागि सकारात्मक भएको बताए ।
फेस्टिबलको अन्तिम दिन चर्चित भिडियो ब्लगर सिसान बानियाँ, अमेरिकी दुतावासका मिडिया को अर्डिनेटर अपार पौडेल, हिमालयन रोडिजका निर्देशक अमनप्रताप अधिकारीलगायतले युवा तथा विद्यार्थीहरुलाई प्रेरणामूलक कक्षा सञ्चालन गरेका थिए । कक्षामा ठूलो संख्यामा युवाको सहभागीता थियो । सहभागीले हिमालयन रोडिजका फस्र्ट रनर अप अनिमेस, टप टेनमा पुग्न सफल सुजना तथा निर्देशक अधिकारीसँग अन्र्तक्रिया गरेका थिए । लेखक मिलन बगालेसँग पनि सहभागीले उनको पुस्तक देशदृष्टिबारे अन्र्तक्रिया गरेका थिए ।