निर्वाचन र सञ्चार विषयक अभिमुखीकरण

प्रकृति न्यौपाने
दमौली । जिल्ला निर्वाचन कार्यालयले  निर्वाचन र सञ्चार विषयक एक दिने अभिमुखीकरण कार्यक्रम दमौलीमा सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै तनहुँ जिल्लाका मुख्य निर्वाचन अधिकृत अर्जुन कोइरालाले सञ्चारको माध्यमबाट निष्पक्ष, स्वास्थ्य, मर्यादित रूपमा निर्वाचन सम्पन्न गर्न सहज हुने धारणा राखेका थिए । कार्यक्रममा  मुख्य निर्वाचन अधिकृत कोइरालाले पत्रकारिता मर्यादित पेशा भएकाले सूचनाको स्वास्थ्य पहुँच पु¥याउन सञ्चार माध्यमले ठूलो भूमिका खेल्ने तर्फ जोड दिँदै पत्रकारितामा विश्वसनियता, बैधता जस्ता बिषयलाई जोड दिएका थिए । अभिमुखीकरण कार्यक्रममा  समापन कार्यक्रमको अध्यक्षता गर्दै प्रमुख जिल्ला अधिकारी रितेशकुमार शाक्यले  पत्रकार राष्ट्रको चौंथो अंग तथा समाजको कुशल संवाहक भएकाले सत्य, तथ्य सूचना संकलनमा ध्यान दिई प्रशासनिक क्षेत्र तथा सुरक्षाका क्षेत्रमा सहयोग पु¥याउन अनुरोध गरेका थिए । 
कार्यक्रममा महान्यायाधिवक्ता गोविन्द गिरी, जिल्ला शिक्षा अधिकारी रूद्रहरि भण्डारी  लगायतले निर्वाचनका गतिविधिलाई सकारात्मक रूपले सम्पन्न गर्न सञ्चार माध्यमको महत्व औंल्याएका थिए । 
अभिमुखीकरण कार्यक्रममा  सहजीकरण गर्दै जिल्ला निर्वाचन कार्यालयका प्रमुख बाबुराम घिमिरेले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मतपत्रका किसिम, मतदान गर्ने तरिका र भिन्नाभिन्नै मतपत्रको अवस्थाका बारेमा सहजीकरण गरेका थिए । कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयका प्रमुख घिमीरेले  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको व्यवथापकीय सैद्धान्तिक पक्षलाई समेत स्पष्ट पारेका थिए । कार्यक्रममा हरियो रंगको मतपत्र प्रतिनिधि सभा उम्मेदवारको लागि, हल्का कालो रंगको मतपत्र प्रदेशसभा उम्मेदवारको लागि र रातो रंगको मतपत्र समानुपातिक उम्मेदवारको लागि तयार पारिएको समेत निर्वाचन कार्यालयले जानकारी दिएको छ । कार्यक्रमको सहजीकरण गर्दै सहजकर्ता नेपाल पत्रकार महासंघका अध्यक्ष ओमकार आचार्यले पत्रकारिता तथा सञ्चार माध्यमको भुमिका र निर्वाचनमा सत्य, तथ्य र विश्वसनियताको आधारमा समाचार सम्प्रेषण तथा अन्य निर्वाचनका सकारात्मक गतिविधिमा लाग्न सम्पूर्ण पत्रकारहरूलाई आग्रह गरेका थिए । कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष नारायण खड्काले निर्वाचनका आंचारसहिता तथा सञ्चारको भुमिका लगायतका विषयमा सहजीकरण गरेका थिए । कार्यक्रमको सञ्चालन  जिल्ला शिक्षा कार्यालय स्रोतव्यक्ति हुत्तमणी अधिकारीले गरेका थिए ।
कार्यक्रममा पत्रकारहरुलाई दलीय भन्दा पनि सत्यतथ्य र विश्वसनियताको आधारमा समाचार सम्प्रेषण गरी निर्वाचन आयोगलाई सहयोग गर्न तर्फ कार्यक्रम उन्मुख रहेको थिए ।