मुगावे युगको अन्त्य र नेपाली राजनीतिमा यसको तरंग मुगावेको संक्षिप्त चिनारी

– रमेशबाबु भट्टराई
अफ्रिकन मुलुक जिम्बावेका ९३ वर्षीय पुर्व राष्ट्रपति रोबर्ट मुगावेको ३७ वर्षीय शासनको नाटकीय अन्त्यले विश्व राजनीतिमा तरंग सृजना गर्नु स्वभाविक हो । प्रजातान्त्रिक अभ्यासमा रहेको नेपाललाई पनि यस घटनाले राजनीतिक मार्ग चित्रण गर्ने असरलाई नकार्न सकिँदैन । सन् १९२४मा जन्मिएका मुगावेको १५ वर्षीय शिक्षण पेशादेखि राष्ट्रपतिसम्मको यात्रामा निकै उतारचढाव आएको देखिन्छ । नेल्सन मण्डेला समेत अध्ययन गरेका सेन्ट जेमीयर कलेजबाट सन् १९४५मा ग्राजुयेट गरेका मुगावे सन् १९६१बाट १९७४ सम्म जेल जीवन बिताउन प¥यो । त्यो पनि जिम्मावेलाई जिम्मावे अफ्रिकन राष्ट्रिय युनीयनको नाममा भएको उपनिवेशिकरणको अन्त्यका लागि । सन् १९८० बाट २०१७ सम्म जिम्बावेको राष्ट्र प्रमुखको रुपमा वागडोर समातेका मुगाम्वेले शिक्षा र पर्यटन विकासलाई उत्थान गरेतापनि उपराष्ट्रपति मागाम्वेको वर्खास्त, आर्थिक अपचलन, विलासी जीवनमा सौखिन ४१ वर्षीय दोस्रो श्रीमती ग्रेस मुगावेको उपराष्ट्रपतिको नियुक्तीका लागी भएको प्रयास राजनीतिमा महंगो सावित भयो । फलस्वरुप नचाहँदै–नचाहाँदै पनि पदबाट राजीनामा दिन बाध्य हुनुप¥यो । 
नेपाली राजनीतिमा यसको प्रभाव
जिम्बावे जस्तै नेपाल पनि एक पर्यटकीय दृष्टीकोणले विकासको सम्भावना बोकेको मुलुक हो । जिम्बावेको प्रतिव्यक्ति आय ९५० अमेरिकी डलर छ भने नेपालको ६८२ । नेपालको साक्षरता प्रतिशत ६७५ छ भने जिम्बावेको ८९५ । जनतामा राजनैतिक चासो बढी तर राजनैतिक सचेतना कम दुवै मुलुकका लागि विकासको तगारोको रुपमा रहेको पाइन्छ । मुगावेले जसरी एउटा राष्ट्रिय व्यक्तित्व निर्माण गरी  मण्डेलाको छविको रुपमा आफुँलाई अन्तरराष्ट्रिय रुपमा प्रस्तुत गर्ने दावी गरिरँदा पारिवारिक मोह, सहकर्मी उपराष्ट्रपति मागाम्बेको अपदस्त गर्ने कदमले ठुलै राजनैतिक मुल्य चुकाउनुप¥यो । यसले नेपालका राजनैतिक दलका नेतालाई पारिवारिक मोह र सहकर्मीको अपमानलाई त्याग्दै अगाडी बढ्ने संकेत दिन्छ । क्षमतावान व्यक्तिलाई अवसर दिनुपर्दछ ताकि पारिवारिक योगदानका आधारमा कसैले कसैलाई स्थापित गराउन खोजेमा ति कदमहरु मुगावेका पुर्णविराम लगाउने कदम भन्दा फरक नहुन सक्दछ । 
आफुलाई निष्ठावान नेताको छवि बनाउन चाहने नेताले सबै नेपाली सन्ततीलाई आफ्नै सन्तती देख्न सक्नुपर्दछ । र सबै सहकर्मीहरुको अस्तित्वलाई स्वीकार गर्नसक्नुपर्दछ । राजनीतिक सचेतना कम भएको मुलुकमा चुनावी हार जितले जति महत्व राख्दछ  त्यो भन्दा बढी राष्ट्रिय भावना धैर्यता र निष्ठाले राख्दछ । चुनावी मतको हिसावकिताव राख्न भन्दा नेताले आफ्नो खस्कँदो छविको हिसाव राख्दा पक्कै पनि भविष्यका राजनैतिक मार्गहरु सहज हुन सक्छन् । कानुनमा दख्खल मगावेको पतनले पनि कानुनविदको आवरण र पगरिले मात्र राजनैतिक यात्रा सहज हुँदैन । जहाँ अर्थतन्त्रको सुझबुझ, व्यवहारिकता र शालिनता आवश्यक पर्दछ । साथै जनताको भावना र सहकर्मीको भावनालाई पनि सम्बोधन र आदार गर्न सक्ने खुल्ला, फराकिलो र आत्मिय हृदय हुन सक्नुपर्दछ । मुगावेको राजनैतिक ईतिहासले पारिवारिक आवरणको राजनीतिक भन्दा जनता जनार्धनको असन्तुष्टिलाई सम्बोधन गर्दै व्यवहारिक राजनीतिमा  प्रेरित गरेको देखिन्छ । भारतमा लामो समय शासनमा रहेको काँग्रेसआईको पतन पनि केहि हदसम्म पारिवारिक मोह र राजनैतिक दम्ब हो भनेर सजिलै अनुमान लगाउन सकिन्छ । 
नेपाली राजनीतिमा देखिएको नयाँ परिदृश्य, बामगठबन्धन, राष्ट्रिय स्वाधिनता र सम्बृद्धि भन्दा शासन सत्ता कब्जा गर्ने एउटा अभ्याले प्रेरित भएको देखिन्छ । ताकि लोकतान्त्रिक गठबन्धन बाम गठबन्धनको उर्छीङ्खलको शालिन जवाफ मात्र हो । मुगावेको अन्त्य उनी सम्बद्ध पार्टीको होइन । मनपरि तन्त्रको अन्त्य हो । राष्ट्रियताको सवाल, राष्ट्रिय सम्बृद्धि र राष्ट्रिय एकतामा नेपाली काँग्रेसले गरेको प्रयासको विकल्पै छैन । तर काँग्रेस भित्र मौलाएको मुगावे मोहको अन्त्य देशउत्थानको एउटा बलियो आधार बन्न सक्छ ।