महर्षिमा विविध कार्यक्रम

दमौली । महर्षि वेदव्यास संस्कृत माविको २५औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयमा विविध कार्यक्रम आयोजना गरिएको छ । विद्यालयले आफ्नो वार्षिकोत्सव हरेक वर्ष श्रीमद भागवत पाठ गरेर मनाउने गरेतापनि यस वर्ष श्रीमद भागवत पुजनका साथै विविध खेलकुद, सांगितिक कार्यक्रम, लघु नाटक, विभिन्न व्यक्तिका अभिनय, रुद्री÷गिता पाठ जस्ता थुपै्र कार्यक्रमहरु समावेश गरेको छ । 
श्रमदभागवत पुजन गत मंसिर ८ गतेबाट शुरु भैसकेतापनि १३ गते बुधबार छैठौं दिन बेलुन फुटाई, सिक्का दौड, मेच घुमाई, हाइजम्प जस्ता आधा दर्जन भन्दा बढी खेलहरु खेलाएर मनाइयो । त्यस्तै बिहीबार सातौं दिनमा रुद्रीपाठ, गायन, नृत्य तथा अभिनय गरेर विद्यार्थीहरुले भरपुर मनोरञ्जन लिएका थिए । यस्ता कार्यक्रमहरुले सबै तह र क्षमताका छात्राछात्रहरुलाई समावेश गराउन सक्नुका साथै उनीहरुको  अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराउन मद्दत पुग्ने विद्यालयका प्रध्यानाध्यापक तुलशीशरण सिग्देलले प्रष्ट पारे । कार्यक्रमको संयोजन भने विद्यालयकी अतिरिक्त क्रियाकलाप संयोजक कमला काफ्लेले गरेकी छन् ।