जलवायु परिवर्तनसम्बन्धी प्रशिक्षण

दमौली ।  युथ युनोभेसन नेटवर्क र नेपलीज युथ फर क्लाइमेट एक्सन ( एनवाइसिए ) तनहुँको संयुक्त आयोजनामा विहीवार व्यास १ भादगाँउ स्थित निर्मल माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई जलवायु परिवर्तन सम्बन्धी जनचेतनामुलक अभिमुखीकरण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
जलवायु परिवर्तन, यसको प्रभाव र न्युनिकरणको बारेमा विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा युथ युनोभेसन नेटवर्कका अध्यक्ष कैलाश पाण्डेले जलवायु परिवर्तनको असर यसलाई न्युनिकरण गर्दै कसरी प्राणीहरुको अनुकुल बनाउन सकिन्छ भन्ने बारेमा तथ्याङ्कको आधारमा प्रशिक्षण दिएका थिए । त्यस्तै उनले जलवायु परिवर्तनको असर न्युनिकरणको लागी राष्ट्रिय तथा अन्तराष्ट्रिय नीति र  असर न्युनिकरणमा प्रत्येक व्यक्तिको भुमिका कस्तो हुनुपर्छ भन्ने भन्ने सम्बन्धमा प्रस्तुती राखेका थिए ।   प्रशिक्षणको क्रममा पाण्डेले अहिलेको अनुपातमा नै  पृथ्वीको तापक्रम बढ्दै जाने हो भने केही वर्षमा नै पृथ्वीको तापक्रम कुनै पनि जिवलाई बाच्न नसक्ने गरी बढ्ने बताए । त्यस्तै गरी कार्यक्रममा एनवाइसिए ) तनहुँकी अध्यक्ष सुनिता आचार्यले मौसम र जलवायु बिचको  फरक, जलवायु परिवर्तनका कारण ,असर, जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्ने उपायहरुको बारेमा प्रशिक्षण दिएकी थिइन् । कार्यक्रममा विद्यालयका शिक्षक भरत काफ्लले विद्यालयमा विभिन्न क्षेत्रका विद्यार्थीलाई  आउने हुदाँ यस्ता कार्यक्रम विद्यालयमा गर्दा समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न सहज हुने बताए ।
  त्यस्तै विद्यालयका विद्यार्थी सुमन खड्का र सुस्मिता चौधारीले पाठ्यपुस्तकमा समावेश अति व्यवहारिक  विषयवस्तुको बारेमा कार्यक्रममा विस्तृत जानकारी आफुहरुलाई ज्यादै प्रभावकारी भएको बताए । कार्यक्रममा युथ युनोभेसन नेटवर्कका उपाध्यक्ष विजय श्रेष्ठ र एनवाइसिए  तनहुँका ग्रिन डिस्कसन कोडिनेटर दिपेन्द्र बहादुर कुवँरले आ(आफनो संस्थाको बारेमा जानकारी गराएका थिए । विद्यालयका शिक्षक विद्यार्थी गरी १५० जनाको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन युथ युनोभेसन नेटवर्कका सहसचिव कुशल नहर्कीले गरेका थिए ।