मतदानमा खटिने अधिकृतहरुको दोस्रो चरणको तालिम शुरु

दमौली । जिल्ला निर्वाचन कार्यालयले निर्वाचन क्षेत्रमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई दोस्रो चरणको तालिम सञ्चालन गरेको छ । 
मुख्य निर्वाचन अधिकृत अर्जुन कोइरालाले सबै मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुलाई कार्यक्षेत्रमा खटिनुपूर्व निर्वाचनका विषयमा पूर्व जानकारी लिई सम्पूर्ण प्रक्रियागत चरणमा काम सम्पन्न गर्न आग्रह गरेका थिए । 
कार्यक्रममा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई सहायक निर्वाचन अधिकृत गोविन्द गिरी, तनहुँ जिल्लाका स्थानीय विकास अधिकारी अञ्जन न्यौपाने, सहायक प्रमुख जिल्ला अधिकारी तुलशीप्रसाद पौडेल, भानु नगरपालिकाका प्रशासकीय प्रमुख शिवप्रसाद लम्साल लगायतले सहजीकरण गरेका छन् । 
मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई दुई चरणमा सञ्चालन गरिएकोमा पहिलो चरणको तालिम सम्पन्न भई बिहीबारबाट दोस्रो चरणको तालिम सञ्चालन गरिएको  जिल्ला निर्वाचन अधिकारी बाबुराम घिमिरेले जानकारी दिए । 
१२ र १३ गते व्यास नगरपालिका भानु नगरपालिका शुक्लागण्डकी नगरपालिका तथा म्याग्दे गाउँपालिकाका मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई तालिम सञ्चालन भएको थियो भने १४ र १५ गते छुटेका तथा बाँकी नगरपालिकाका तथा गाउँपालिकाका मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुको उपस्थिति रहेको जिल्ला निर्वाचन कार्यालयका तालिम समन्वयकर्ता हुतमणी अधिकारीले जानकारी दिए ।