म्यादी प्रहरी मैदानमा

दमौली । तनहुँ प्रहरीले चुनावमा खटिने म्यादी प्रहरीलाई भुक्तानी दिएर फिल्डमा खटाएको छ । प्रतिनिधि सभा तथा प्रदेस सभा निर्वाचनका लाग खटिएका म्यादी प्रहरीलाई सम्बन्धित खटिने ईलाकास्थित बैंक खाताबाट उनीहरुले पाउने भुक्तानीको चेकसहित फिल्डमा खटाइएको प्रहरीले जनाएको छ ।
शुक्रबार तथा शनिबार दमौलीको माछापुछ्रे बैंकमा तलब भुक्तानीका लागि ठूलो संख्यामा प्रहरी उपस्थित थिए । कतिपयले व्यक्तिगत खातामा रकम जम्मा गरेको र कतिपयले भुक्तानी लिएर गएको बैंकले जनाएको छ ।
यसैबीच, तनहुँमा चुनावकेन्द्रीत सुरक्षा सतर्कता बढाइएको छ । प्रमुख जिल्ला अधिकारी रितेशकुमार शाक्यका अनुसार चुनावका लागि लक्षित गर्दै नेपाल र सशस्त्र प्रहरी तथा नेपाली सेनासमेत गस्तीमा खटिएका छन् । सुरक्षा संवेदनशिलताका आधारमा सबै क्षेत्रको निगरानी थालिएको प्रजिअ शाक्यले बताए ।