पौडेलको घरमा विस्फोट

दमौली । तनहुँ प्रदेस २(१) का प्रदेस सभा सदस्य उमेदवार एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको घरमा शनिबार विहान विस्फोट भएको छ । 
तर विस्फोटबाट कुनै क्षति भने भएको छैन । 
शुक्ला गण्डकी नगरपालिका वडा नम्बर ८ गणछैन पौडेलको घरमा गरिएको विस्फोटमा सामान्य पटेका प्रयोग भएको पाइएको प्रमुख जिल्ला अधिकारी रितेशकुमार शाक्यले बताए । ’तर्साउने हिसाबले पटका पड्काइएको हुनसक्छ,’ उनले भने । घटनास्थलमा कागज र बारुदका टुक्रा भेटिएको प्रजिअ शाक्यले बताए । 
पौडेलकी फूपू बस्दै आएको घरमा अरु भने थिएनन । उमेद्वार पौडेलले चुनाव बिथोल्ने मानसिकताका साथ विस्फोट गराइएको प्रतिक्रिया दिए । ’ यसबाट कोहि विचलित नहुन अनुरोध गर्दछु ।’ पौडेलले भने ।