कानूनी परामर्शमा जोशी

दमौली । आफूविरुद्धको मुद्दाको अन्तिम किनारा नलाग्दै परेको दावी विरोधका कारण निर्वाचन आयोगबाट उम्मेदवारी खारेजी परे पछि कानून व्यवसायीहरुले नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीलाई उजुरीकर्ता कांग्रेस नेता रामचन्द्र पौडेलविरुद्ध गाली बेईज्जती मुद्दा दायर गर्न सुझाव दिएका छन् । विशेष अदालतबाट जोशीको भ्रष्टाचारसम्बन्धी मुद्दामा भएको फैसलाको विषय हाल सर्वोच्च अदालतमा विचाराधिन छ । तर विशेषको फैसललाई अन्तिम फैसला मान्दै उनको स्वतन्त्र उम्मेदवारी खारेज हुनुपर्ने भन्दै पौडेलबाट जोशीविरुद्ध दाबीविरोधको उजुरी परेको थियो । उजुरीका आधारमा उम्मेदवारी खारेज हुने भनी निर्वाचन आयोगले फैसला गरेको थियो । तर सो फैसला कानूनसम्मत नभएको कानून व्यवसायीको तर्क छ ।
अदालतमा विचाराधिन अवस्थामा रहेकै मुद्दामा दाबीविरोध गरेर नैतिक चरित्रमा धक्का पु¥याएको भन्दै जोशीले यस विषयमा कानून व्यवसायीसँग परामर्श माग गरेका थिए ।
नेपाल बार एसोसिएसन तनहुँ जिल्ला अदालत बार इकाईका अध्यक्ष तथा पूर्व अध्यक्षसहितका कानून व्यवसायीहरुले जोशीलाई इज्जतमा धक्का पु¥याउने नियतले जानाजान उजुर गरेको भन्दै अन्तिम फैसलामा सजाय पाएको भन्दै उजुरी दिने नेता पौडेलसहित आदेश गर्ने निर्वाचन आयोग तथा आदेश पालना गर्ने मुख्य निर्वाचन अधिकृत अर्जुन कोईरालासमेतविरुद्ध मुद्दा दायर गर्न सुझाव दिएका हुन् ।
छलफलमा नेपाल बार एसोसिएसन तनहुँ जिल्ला अदाल बार इकाईका अध्यक्ष शिवदत्त ढकाल, पूर्व अध्यक्षहरु अधिवक्ता फणिन्द्रबहादुर पाण्डे, अधिवक्ता परशुराम गिरी, अधिवत्ताm देवेन्द्रराज हमाल, अधिवक्ता ऋषिराम पोख्रेल तथा बार सदस्य शिवराज काफ्लेले सुझाव दिएका थिए । पूर्व बार अध्यक्ष अधिवक्ता गोविन्द पन्थले भने उजुरीकर्ता पौडेलविरुद्ध मात्र मुद्दा दिन सुझाव दिएका थिए । व्यवसायीको परामर्शपछि कानून व्यवसायीसमेत रहेका कांग्रेस नेता जोशीले थप परामर्श थालेका छन् ।