२६ औं अन्तर्राष्ट्रिय अपांगता दिवस

दमौली । अपाङ्गता भएका व्यक्तिहरूको  २६ औ अन्तर्राष्ट्रिय दिवस दमौलीमा मनाइएको छ । महिला तथा बालबालिका कार्यालयको आयोजना र अपांगताका क्षेत्रमा क्रियाशिल संघ संस्थाहरुको सक्रियतामा आयोजित कार्यक्रममा सहभागीले अपांगता सशक्तिकरणका पक्षमा बोलेका थिए ।
महिला तथा बालबालिका कार्यालय तनहुँकी निमित्त प्रमुख राधा वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा रिसेडका अध्यक्ष प्रकाश पन्थ, नेपाल मानवअधिकार संगठन तनहुँकी अध्यक्ष कल्पना लम्साल, पत्रकार महासंघ तनहुँकी उपाध्यक्ष सोनी खनियाँ, सेतो गुराँस तनहुँकी सचिव सरिता थापा भण्डारी, बन्दिपुर अपांगता सरोकार समितिका अध्यक्ष कृष्णबहादुर थापा लगायतले बोलेका थिए । आइतवारै तनहुँका म्याग्दे, रिसिङको भिरकोट लगायतका क्षेत्रमा पनि कार्यक्रम गरी दिवस मनाइएको छ । यसअघि जिल्लाभर बुधवार, बिहिबार र शुक्रबार अपांगता भएका बालबालिका अध्ययन गर्ने विभिन्न श्रोत कक्षाहरुमा खेलकुद कार्यक्रमहरुको आयोजना गरिएको थियो ।