गुरुङलक्षित विष्फोट

दमौली । तनहुँ क्षेत्र नम्बर २ प्रदेस सभा २ का एमाले उम्मेदवार किरण गुरुङको सवारीलाई लक्षित गरी बम विष्फोट गरिएको छ । चुनावी प्रचार सभालाई सम्बोधन गरेर पुट्टारबाट भीमाद आउने क्रममा गुरुङ सवार सवारी भन्दा झण्डै पाँच सय मिटर नजिक बम विष्फोट भएको सुरक्षा श्रोतले जनाएको छ ।
विष्फोटबाट क्षति भने केही भएन । विष्फोटपछि गुरुङ भीमाद फर्किएको बताइएको छ । यसअघि कांग्रेसका तर्फबाट तनहुँ क्षेत्र नम्बर २ अन्र्तगत प्रदेस सभा क्षेत्र नम्बर १ का उम्मेदवार प्रदीप पौडेलको निवास ढोरफिर्दीमा समेत विष्फोटन भएको थियो । विष्फोटनका घटना घटिरहे पनि प्रहरीले संलग्न पक्षको पहिचान तथा पक्राउ गर्न सकेको छैन ।