‘काँग्रेसको नेतृत्वमा स्थायित्व, शान्ति र आर्थिक समृद्धि’

दमौली । नेपाली काँग्रेस तनहुँले प्रदेस सभा र प्रतिनिधि सभाको पूर्व सन्ध्यामा सोमबार दमौलीमा आम सभा सम्पन्न गरेको छ । 
सभामा बोल्दै नेपाली काँग्रेसका वरिष्ठ नेता तथा तनहुँ क्षेत्र नं. १का प्रतिनिधि सभा उम्मेदवार रामचन्द्र पौडेलले देशलाई निकास दिनका लागी नेपाली काँग्रेसमा नै मतदान गर्नुपर्ने बताए । उनले तनहुँमा विकास र समृद्धिजस्ता परिवर्तन ल्याउनका लागी नेपाली काँग्रेसमा नै मतदान गर्न मतदातासँग आग्रह गरे ।
सभालाई सम्बोधन गर्दै  नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले देशको लोकतान्त्रिक पार्टीको सुरक्षाको लागी लोकतन्त्रवादीहरुले नेपाली काँग्रेसलाई नै विजयी बनाई राष्ट्रलाई सम्पूर्ण क्षेत्रमा समुन्नत बनाउनुपर्ने धारणा राखेका थिए । 
नेपाली काँग्रेसका नेता एवं पूर्व अर्थमन्त्री रामशरण महतले आर्थिकस्तर सन्तुलन गराउनका लागी र सम्पुर्ण देशलाई अर्थतन्त्रमा मजबुत बनाउनका लागी नेपाली काँग्रेसको विजय नै आवश्यक रहेको धारणा राखेका थिए । 
कार्यक्रममा उद्योगपति विनोद चौधरीले स्थायीत्व र आर्थिक समृद्धि तथा औधोगिक विकासका लागि  नेपाली काँग्रेससँग मात्र मार्गचित्र खिच्ने नेतृत्व भएकाले आफु नेपाली काँग्रेसमा आबद्ध भई औधोगिक विकासमा लागी परि नेपाली भूमी छोडी विदेशीएका लाखौं युवाहरुलाई स्वदेशमा नै रोजगारी दिन नेपाली काँग्रेसका जित सुनिश्चित गर्नुपर्ने धारणा राखेका थिए । 
कार्यक्रममा तनहुँ क्षेत्र नं. २का प्रतिनिधि सभा उम्मेदवार शंकर भण्डारी, तनहुँ क्षेत्र नं. २ ‘१’ का प्रदेस सभा उम्मेदवार प्रदिप पौडेल, तनहुँ क्षेत्र नं. २ ‘२’ का प्रदेस सभा उम्मेदवार धु्रव वाग्ले, तनहुँ क्षेत्र नं. १ ‘१’का प्रदेस उम्मेदवार गोविन्द भट्टराई तथा तनहुँ क्षेत्र नं. १ ‘२’का प्रदेस सभा उम्मेदवार रघुनाथ पौडेल लगायतले स्थायित्व, शान्ति, समृद्धि तथा तनहुँको सर्वपक्षीय हितका लागी नेपाली काँग्रेसमा मतदान गरि सम्पुर्ण लोकतन्त्रवादीहरुको लोकतान्त्रिक धारणालाई सर्वमान्य बनाउन अनुरोध गरेका थिए । 
कार्यक्रममा काँग्रेसले जिल्लाभरबाट कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गरेको थियो ।