कृषि आधुनिकीकरणका लागि दुई करोड अनुदान

दमौली । तनहुँमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको काम शुरु भएको छ । परियोजनाअन्र्तगत जिल्लाका विभिन्न १० स्थानमा पकेट क्षेत्र छनोट गरी कृषकलाई प्राविधिक परामर्श प्रदान थालिएको छ ।
 
व्यवसायिक कृषिको प्रबद्र्धन गर्ने उद्देश्यसाथ जिल्लाका किसानलाई प्रदान गर्न लागिएको उपकरण तथा प्राविधिक सहयोगपूर्व किसानलाई आवश्यक जानकारी प्रदान गरिएको कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीले बताए । 
 
तनहुँमा यस वर्ष दुई करोड चार लाख ३२ हजार रुपैयाँ किसानलाई अनुदान प्रदान गरिंदै छ । यसअन्र्तगत थप्रेकमा मकै, व्यास नगरपालिका तथा क्यामिनमा मौरीपालन, तनहुँसुर तथा राईपुरमा सुन्तला, माझकोटमा अदुवा, खैरेनीटारमा मकै तथा रुपाकोट र पूर्कोटमा धान खेतीको प्रबद्र्धनका लागि स्थानीयस्तरमा कृषक समूहलाई उन्नत कृषि उपकरण तथा बीउबीजनमा अनुदान दिइने कृषि योजना अधिकृत ज्योति भट्टराईले जानकारी दिइन् ।
 
कार्यालयले छनोट भएका १० कृषक समूहलाई अनुदान सहयोग प्रदान गर्दै छ । बीउ बिजन तथा भुरा आदिका लागि ५० प्रतिशत अनुदान, प्राविधिक सहयोगमा पूर्ण अनुदान तथा प्रयोगशाला, सिञ्चाई र उत्पादनपछिको बजारीकरण पूर्वाधारमा ८५ प्रतिशत अनुदान दिइने भएको छ । 
 
उपकरणमा भने ५० प्रतिशत अनुदान प्रदान गरिने बताइएको छ । कुनै एक क्षेत्रमा एक उत्पादन मात्रको प्रबद्र्धनका लागि कृषि विकास मन्त्रालयले देशैभर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन गरेको छ ।