खानेपानीको पहुँच

विश्व आधारभूत सुविधासँगै मानवीय आवश्यकतालाई पनि अब आधारभूत आवश्यकता बनाउन थालेको अवस्थामा नेपालका धेरैजसो वस्तीहरुमा अझै पनि पीउने पानी पुग्न सकेको छैन । शुद्ध पीउने पानीको अभाव अहिले मूलुकका लागि ठूलो समस्या बन्न पुगेको छ । तनहुँका ग्रामीण क्षेत्रहरुमा पीउने पानी पुग्न सकेका छैनन् । अझै पनि पानीका लागि घण्टौं हिंड्नुपर्ने बाध्यता ग्रामीण नागरिकका सामू छ । गाउँमा शुद्ध पीउने पानीको अभावका कारण ग्रामीण नागरिकको समयको ठूलो हिस्सा पानीको खोजीमा बित्ने गरेको छ । पानी उपलब्ध भएका ठाउँमा पनि श्रोतबाट शुद्ध पानी पीउने वातावरण बनिसकेको छैन ।
मानव विकास सूचकांकका आधारमा विश्व समृद्धितर्फ अघि बढिरहँदा नेपालले दिगो विकासका लक्ष्य पुरा गर्नका लागि आधारभूत सेवा तथा सुविधामा आफ्नो ध्यान पु¥याउन सकेको छैन । बाटाघाटाजस्ता देखिने भौतिक विकास मात्र नभएर मानविय विकासका विविध पक्षमा पनि विकासका जानकारहरुको ध्यान जानु जरुरी छ । देशमा दुई दशकपछि स्थापित स्थानीय सरकारको नेतृत्वमा पुगेका जनप्रतिनिधिले पनि यसतर्फ ध्यान दिनु जरुरी छ ।