विकासमा सांसदहरुको दायित्व

देशमा अब राष्ट्रिय सभा चुनाव हुँदैछ । यसबाहेक सबै तहका संसदका लागि सदस्य छनौट भैसकेका छन् । यसले अन्य सबै सांसदहरु चयन गरिसकेको छ । यस्तो अवस्थामा अब देश जनप्रतिनिधिमय बनिरहेको छ । किनभने लामो समय रिक्त स्थानीय तहले यसअघि नै जनप्रतिनिधि पाइसकेको छ । यसर्थ अब नागरिकको अपेक्षा धेरै विकास छ । विकासको गति नबढ्दासम्म नागरिक अपेक्षा पुरा हुने अवस्था छैन ।
अब विकास निर्माणमा मुख्य भूमिका स्थानीय तहको हुनेछ भने त्यसपछि प्रदेसको भूमिका पनि रहनेछ । अनि संघीय सांसदहरुले पनि विकासको नीति तयार पार्ने तथा ठूला विकासे काममा भूमिका खेल्ने अवस्था छ । यसरी अब स्थानीय सरकारलाई डो¥याउन तथा प्रादेसिक अनि संघीय सरकारबाट प¥याप्त मात्रामा बजेट ल्याउने अनि विकासको कामको गति बढाउनका लागि विभिन्न तहमा निर्वाचित सांसदहरुको भूमिका महत्वपूर्ण रहन्छ । समयमा विकास भए नभएको निरीक्षण तथा अनुगमन गर्ने दायित्व उनीहरुको रहन्छ । बजेट थप ल्याउने तथा आएको बजेटको सदुपयोगको अवस्थाबारे निरीक्षण र अनुगमन गर्ने काममा निर्वाचित सांसदहरुले भूमिका खेलेर आफ्नो ठाउँको विकासमा गति ल्याउन भूमिका खेल्नु जरुरी छ । यसले मात्र संघीय नेपाललाई विकासको बाटोमा लैजाने मार्ग प्रशस्त पार्नेछ ।