पुर्ननिर्माणको गति बढाऔं

पुननिर्माणको गति सुस्त हुँदा भूकम्पपीडितको दिन र रात अझै पनि चार वर्ष अघिको भन्दा खास फरक हुन सकेको छैन । देशले भूकम्पलगत्तै पुननिर्माणका लागि थालेको प्रयासले अझै पूर्णता नपाउँदा घर भत्किएर कष्टकर जीवनयापन गरिरहेकाहरुको अवस्था कारुणिक छ । तर पुननिर्माणको गति सुस्त बनिरहँदा यसले उनीहरुको जीवन कष्टकर अनि देशको विकासलाई झनै पर धकेलिरहेको छ । गाउँघरमा घर पुननिर्माण थालिरहेका परिवारले अझै राहत पाउन सकेका छैनन् । कतिपयले घरका लागि किस्ता पनि नपाउने र किस्ता वितरण सुस्त बन्दा पुननिर्माणले गति लिन नसकेको महसुस गरिंदै आएको छ । जाडोमा चिसो अनि गर्मीमा पानीका कारण समस्या भोगिरहेका पीडितहरुले राहत पाउनका लागि अझै लामै समय कुर्न नपर्ने वातावरण सरकार अनि पुननिर्माण प्राधिकरणले बनाउनु जरुरी छ । भत्किएका घर नठडिंदासम्म अनि पूर्वाधार बनेर पीडितको मुहारमा खुशी नफर्कंदासम्म वास्तविक पुननिर्माण हुन सक्दैन ।