सामाजिक काममा गाउँ

समाजसेवाका लागि चिनिएको तनहुँको पुरानो संस्था गाउँ सेवा कोषले आफ्नो सक्रियता कायमै राखेको छ । तनहुँमा सामाजिक काम गर्नका लागि भनेर खुलेका संस्था धेरै छन् । यीमध्येमा कोष अग्रपंक्तिमा आउँछ । एकजना पूर्व प्रशासकले निजी सम्पत्ति दान गरेर खोलेको कोषले जिल्लाका शिक्षा लगायतका विभिन्न क्षेत्रमा आफ्नो तर्फबाट पु¥याएको योगदान महत्वपूर्ण छ । सघाउने गैरसरकारी संस्थाको उपस्थिती नभएको समयमा खासगरी शिक्षाको प्रबद्र्धनमा वर्षेनी सैयौं विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेर कोषले ठूलो गुन लगाएको छ । कोषले समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याए पनि स्थापनाको लामो समय पुरा गरिसकेको कोषले अब भने आफ्नो विगतको समीक्षा गर्दै विशिष्टीकरणमा जानुपर्ने आवश्यकता देखिएको छ । सम्मान र पुरस्कारका लागि एकै पटक धेरैलाई पुरस्कृत गर्ने कोषले यो परम्परामा केही सुधार गर्दै शिक्षाका लागि विशेष योजना र कार्यक्रमबारे सोच्नु जरुरी छ । धेरै क्षेत्रमा कनिका छराइको शैलीमा रकम छर्नुभन्दा थोरै तर गुणात्मक पुरस्कार वा छात्रवृत्ति अनि सम्मान तथा गाउँका विद्यालयमा सघाउने कार्यक्रम वा योजना लिएर शिक्षामा बढी केन्द्रीत बन्न सके कोषले एउटा क्षेत्रबाट अझै बढी स्याबासी पाउन सक्छ । एउटा व्यक्तिको सक्रियतामा खुलेको कोषले अहिलेको गति लिइरहँदा यसलाई अन्य सहयोगी निकायले पनि सघाउन सके कोषको सामाजिक काम अझै उदाहरणीय बन्ने थियो ।