विद्युतमा सुधारको संकेत

नेपाल विद्युत प्राधिकरणअन्र्तगतको दमौली शव स्टेशनको क्षमता विस्तार भएको खबरले तनहुँ तथा आसपासमा आशा पलाएको छ । तर यसको काम पुरा नहुँदा अझै उपभोक्ताले सास्ती भने पाइरहेका छन् । क्षमताभन्दा निकै कम भारको ट्रान्सफर्मर जडान गरिंदा बढी माग हुने समयमा विद्युत अवरुद्ध हुने गरेको थियो । अहिलेभन्दा दोब्बर बढी क्षमता विस्तार भएका कारण अबको केही समय भार नधान्ने समस्या नहुने ठानिएको छ । त्योभन्दा ठूलो राहत भरतपुर तथा लेखनाथमा सानो समस्या आउँदा समेत तनहुँ, लमजुङ र गोरखासमेतको विद्युत अवरुद्ध हुने समस्या देखिने गरेको थियो । अब यो मर्मत र क्षमता विस्तारसँगै भरतपुर र लेखनाथमा विद्युत जाँदा मध्य मस्र्याङदी र मस्र्याङदी जलविद्युत आयोजनाबाट सिधै विद्युत आपूर्ति गर्न सकिने भएकाले यसले विद्युत अभाव र आफ्नो नियन्त्रण बाहिरको स्थिती आएमा समेत नियन्त्रण गर्न सकिने अवस्था आएको छ । मर्मत चल्दै गर्दा पूर्ण क्षमतामा सञ्चालन भए पछि यसले यसअघि देखिएका छिन छिनमा विद्युत जाने समस्या समेत कम गर्ने विश्वास गरिएको छ । तुलनात्मक रुपमा सानो र व्यवस्थापन गर्न सकिने क्षेत्र भए पनि दमौली तथा यस केन्द्रको विद्युत वितरण व्यवस्थापनको भार नधानिंदा देखिएको समस्या अब साँच्चिकै कम हुने आशा आम विद्युत उपभोक्ताको आशा छ । आवश्यकभन्दा बढी क्षमताको ट्रान्फसफर्मर राखिएका कारण पनि यसले लामो समयसम्म देखिने समस्यालाई व्यवस्थापन गर्न सकिने आशा छ ।