तनहुँका प्रतिनिधिहरु पोखरामा

दमौली । तनहुँका सबै स्थानीय तहका प्रमुखहरु पोखरा गएका छन् । बुधबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उनीहरु पोखरा गएका हुन् । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि हरेक प्रदेसमा नै मतदानको व्यवस्था मिलाइएको छ । यसकारण प्रदेस नम्बर ४ बाट मतदान गर्ने सबै स्थानीय तहका प्रतिनिधिहरु पोखरा चुनावका लागि पुगेका हुन् । उनीहरुले प्रदान गर्ने मतले नै राष्ट्रिय सभा सदस्य चयन हुनेछ ।
 
राष्ट्रिय सभा सदस्य पदका लागि प्रदेसभरका गाउँपालिका तथा नगरपालिकाका अध्यक्ष र उपाध्यक्ष एवं प्रमुख तथा उप प्रमुखका साथै प्रदेस र प्रतिनिधि सभा सदस्यले समेत मतदान गर्नेछन् । प्रदेस नम्बर चारमा स्थानीय तहमा तुलनात्मक रुपमा बलियो नै भए पनि निर्वाचित प्रतिनिधिहरुमा भने वाम गठबन्धनको वर्चस्व छ । तर एकल संक्रमणीय मतदान प्रणालीका आधारमा निर्वाचन हुने भएकाले वाम गठबन्धनका धेरै उम्मेदवारले जिते पनि कांग्रेसलाई पनि केही पद आउने सम्भावना छ ।
 
पोखरा पुगेका सबै प्रतिनिधिलाई सम्बन्धित दलले आ आफ्नो क्याम्पमा बस्ने व्यवस्था मिलाएका छन् । नेपाली कांग्रेस तथा एमाले र वाम गठबन्धनका मतदाता स्थानीय तहका प्रतिनिधिहरुलाई दलहरुले एकै ठाउँमा राखेर आवश्यक नीति निर्देशन समेत दिएका छन् । मतदाता प्रभावित हुनसक्ने भएकाले दलहरुले एकै ठाउँमा राखेर मतदानको प्रक्रियाका बारेमा जानकारी गराएको बुझिएको छ । राष्ट्रिय सभा सदस्यमा यस अघि नै प्रकाश पन्थ सर्वसम्मत निर्वाचित भैसकेका छन्  ।