सिडिओ राखिने

दमौली  । देश संघीय संरचना गइसके पनि सबै जिल्लामा प्रमुख जिल्ला अधिकारी(सिडिओ) रहने भएका छन् । केन्द्रीय सरकारको प्रतिनिधिका रुपमा सबै जिल्लामा सिडिओ राख्ने सरकारले गृहकार्य गरिरहेको छ ।
 
गृह मन्त्रालयले अहिलेको जस्तै अर्धन्यायिक अधिकारसहित जिल्लामा सिडिओ राख्ने प्रस्ताव गरेको छ । स्थानीय सुरक्षा तथा व्यवस्थापन ऐनमार्फत संघीयतामा पनि सिडिओ राख्न लागिएको हो । 
 
स्थानीय सुरक्षा तथा व्यवस्थापन ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको गृह मन्त्रालयकी सहसचिव निर्मला अधिकारीले बताइन् । ऐनमा अहिलेजस्तै सबै जिल्लामा सिडिओ राख्ने प्रस्ताव गरिएको उनले बताइन् ।