गोरखकालीद्वारा फलफूल वितरण

दमौली । साताव्यापी कार्यक्रम गर्दै गोरखकाली आवासीय माविले मनाइरहेको रजतजयन्तीका अवसरमा दमौली अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको छ । यसक्रममा विद्यालयले अस्पतालमा एक कार्यक्रम गर्दै त्यहाँ उपचाररत बिरामीलाई फलफूल वितरण गरेको हो । 
 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशिनाथ न्यौपाने, दमौली अस्पतालकी निमित्त प्रमुख डा. श्रृजना तथा विद्यालयका प्रिन्सिपल लोककुमार गुरुङलगायतले फलफूल वितरण गरेको शिक्षक तीर्थ रानाभाटले जानकारी दिए । रजत जयन्ती समारोहलाई व्यापक बनाउन सामाजिक क्षेत्रका क्रियाकलाप गर्दै आइरहेको प्रिन्सिपल गुरुङले बताए ।