श्री वसन्त आधारभूतको ४४ औं वार्षिकोत्सव

दमौली  । श्री बसन्त आधारभूत विद्यालय ब्यास ११ को ४४औं  बार्षिकोत्सब तथा अभिभाबक दिबस यही माघ २७ गते सम्पन्न भएको छ।अभिभाबक दिबसको अबसर पारेर  बिद्यालयले   विभिन्न  अतिरिक्त कृयाकलाप,खेलकुद प्रतियोगिता,पिटी प्रदर्शन  गर्दै आएको र २७ गते औपचारिक कार्यक्रम  गरिएको बिद्यालयले जनाएको छ ।  नेपाली कांग्रेस का समानुपातिक सांसद दोवाटे विकको प्रमुख अथित्यतामा  सम्पन्न कार्यक्रममा   प्रमुख अथिति बिकले  अतिरिक्त कृयाकलाप मा जसरी नै बिद्यार्थी हरू पढाइमा पनि ध्यान दिनुपर्ने र बिद्यालयको  गुणस्तर  स्थापित गर्न  बिद्याथी  ,शिक्षक र अभिभाबकको समन्वय  आबश्यक रहेको कुरा प्रष्ट पार्नुभयो। अभिभाबक दिबस का अबसरमा विभिन्न संघसंस्थाले तथा ब्यक्ति ले सहयोग गरिएकोे बताइएको छ। अभिभाबक दिवसका अवसरमा विद्यालयलाई ब्यास स्टेसनरी दमौली,नील बहादुर थापा,घाँसीकुवा युवा क्लव लगाएतले सहयोग गरेको विद्यालयले जानकारी दिएको छ । विद्यालयले सहयोगि हाँतहरूलाई अभिभावक दिवसको अवसर पारी सम्मान समेत गरेको छ। सम्मानित हुनेमा पूर्व अध्यक्ष खडानन्द कैनी,पूर्वप्रअ विकास चद्र भट्टराई ,शिक्षक शर्मिला ओझा, रोटरी क्लव अफ दमौली,भिमाद युवा क्लव,ब्राह्मण समाज दमौली,जागौ नेपाल तनहु,राधा माधब समिति लगाएतका संस्था तथा ब्यक्तित्व लाई सम्मान गरिएको थियो। कार्यक्रममा विद्यालयको शैक्षिक तथा भौतिक  प्रगतिको कामना गर्दै  वडा अध्यक्ष नीलबहादुर थापा,ब्यास नगर जेसिजका उपाध्यक्ष राजु राना,एमालेका नेता रमेस आचार्य, ,शिक्षाप्रमी डम्बर देब कैनी,दमौली कलेजका प्रिन्सिपल राजेन्द्र कैनी, सञ्चालक समितिका खेमराज कैनी लगाएतले मन्तब्य राख्नुभएको थियो । विद्यालयको प्रगति प्रतिवेदन प्रअ भैरव पन्तले प्रस्तुत गर्नुभएको थियो । अभिभावक भेलाको अध्यक्षताभने विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद खनालको सभापतित्वमा सम्पन्न भएको विद्यालयले जानकारी दिए ।