ऋषिङमा स्वास्थ्य शिविर

दानबहादुर श्रेष्ठ
ऋषिङ । तनहुँको ऋषिङ गाउँपालिका को आयोजनामा ऋषिङ गाउँपालिका मा बृहद स्वास्थ्य शिविर संचालन सम्पन्न भएको छ । ऋषिङ गाउँपालिका वडा नं ३ मौरिबास मा सामुदायिक स्वास्थ्य ईकाई कार्यालय उद्घाटन सँगै स्वास्थ्य परिक्षण शिविर संचालन गरिएको हो । स्वास्थ्य ईकाई कार्यालय तथा शिविर नेपाल सरकार ब्यवस्थापिका संसद का पुर्ब माननीय सदस्य झुल बहादुर आलेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । वडा अध्यक्ष तथा स्वास्थ्य ईकाई संयोजक दुर्गा बहादुर रानाको सभापतित्व कार्यक्रम संचालन भएको थियो । 
 
कार्यक्रममा बोल्दै प्रमुख अतिथी आलेले पिछडिएका र स्वास्थ्यका दृष्टिकोणले पहहुँच पुग्न गार्रुहो हुने यस्त क्षेत्रमा शिविर संचालन निक्कै नै प्रसंसनिय कार्य रहेको बताउनुभएको । उहाँले यश शिबिर संचालनले यश क्षेत्रका बिपन्न र आर्थिक अवस्थाले कमजोर रहेका ब्यक्तिहरुलाई निक्कै राहत हुने बताउँदै आयोजकलाई धन्यबाद दिनुभएको थियो । शिविर संचालनको लागि प्रशासनिक तथा फार्मेसी तर्फ संयोजन गरिरहेका उप स्वास्थ्य चौकी ऋषिङका सुरज कुमार श्रेष्ठले उक्त शिविरमा पोखराको बुढिबजार स्थित लेखनाथ सिटि हस्पिटलले चिकित्सक तथा प्राबिधिक टोलि उपलब्ध गराएको थियो भने तेर्सापट्टि पोखरा स्थित श्रद्धा आयुर्बेद , लेखनाथ सिटि हस्पिटलले आवस्यक औषधि उपलब्ध गराएको थियो । निक्कै नै उत्साहित र उल्लेख्य जनमानसको उपस्थितिले कार्यक्रम उल्लासमय बनेको थियो । कार्यक्रममा विशिष्ट अतिथी ऋषिङ गाउँपालिका का प्रमुख राजेन्द्र कृष्ण श्रेष्ठ ले सर्बसाधारणको पहुँच सम्म स्वास्थ्य नीति पुर्रुयाउनेमा ऋषिङ गाउँपालिका कटिबद्ध रहेको बताउनुभयो । उहाले चरम गरिबिको रेखा मुनि रहेका जनताको लागि विशेष स्वास्थ्य परिक्षण ब्यवस्थाको लागि पनि छलफल भैरहेको बतौनुभयो । कार्यक्रममा ऋषिङ गाउँपालिकाका उपप्रमुख गिनुमाया थापा , गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चण्डिका पौडेल  न्यायिक समिती सदस्री भिम बहादुर थापा लगायतले मन्तब्य दिएका थिए । 
 
स्थानिय समाजसेवी ऋषिराम रानाभाटले कार्यक्रम संचालन गरेका थिए भने बिष्णु बहादुर रानाभाटले स्वागत मन्तब्य दिएका थिए । कार्यक्रममा शिविर तर्फ     जनाले स्वास्थ्थ्य परिक्षण गरेका थिए । शिविरमा हाडजोर्नी तथा नशा,स्त्रीरोग , मुटु रोग तथा डाईबिटिज रोगहरुको उपचार भएको संयोजन गरिरहेक सुरज कुमार श्रेष्ठले बताए । स्थानियहरु घरदैलो मै सदरमुकाम तथा क्षेत्रका स्वास्थ्य परिक्षण तथा भिडियो एक्सरे सुबिधा आफ्नै गाउँमा उपलब्ध हुँदा स्थानिय बासिन्दा हर्षित भएका थिए ।
 
भूषण ताम्राकारको नेतृत्वमा आएको चिकित्सक टोलिले स्थानिय महिला तथा बृद्ध बृद्धाहरुको स्वास्थ्य परिक्षण गरिरहँदा अधिकांसमा मादक पदार्थ सेवन गर्नाका कारणले हुने समस्याहरु पाईएको बताए । धुम्रपान तथा मध्यपान का कारण स्थानियहरुको स्वास्थ्य समस्या आएकोले सरोकारवाला निकाय यसतर्फ सचेत भएर कार्यसम्पादन गर्न लागिहाल्नु पर्ने पनि बताए ।