व्यास नगरका प्राथमिकता

व्यास नगरपालिकाको नगर सभा सम्पन्न भएको छ । यसले विभिन्न स्थानीय तहका कानुन पनि बनाएको छ । गाउँ गाउँमा सिंहदरबार भन्ने मान्यता अब स्थानीय तहमा सरेसंगै अब स्थानीय तह सरकारको बलियो अंग वा तह बनेको छ । यसले नागरिकलाई आफ्नो शासन आफै गर्ने शक्ति र अधिकार प्रदान गरेको छ । व्यास नगरपालिका पनि लामो समयको रिक्तता पछि जनप्रतिनिधि अझ भनौं शक्तिसाली प्रतिनिधिको हातमा पुगेको छ । यसले धेरै अवसरसंगै चुनौती नै दिएको छ । 
 
महाभारत, वेद र १८ पुराणका रचयिता महर्षी वेदव्यासको भुमि भएका कारण दमौलीले मुख्य जोड दिनु आवश्यक छ । सबैभन्दा धेरै गर्न सकिने अनि त्यसैका आधारमा अर्थोपार्जन गरेर कायापलट गर्न सकिने संभावना छ । अबका नगरका वर्षहरु त्यसैमा केन्द्रीत हुनु जरुरी छ । यसबाहेक जलपर्यटन, छाब्दी बाराही, मानुङ डाँडा, कालिका मन्दीरमा आधारित पर्यटन आदिमा जोड दिएर चरणवद्ध विकास अघि बढाउने हो भने व्यास नगरले विकासमा काँचुली फेर्न सक्छ ।