गोरखकालीको रजत जयन्ती

दमौली  । गोरखकाली आवासीय माध्यामिक विद्यालय शान्तीनगरको अभिभावक दिवस तथा रजत जयन्ती शनिबार सम्पन्न भएको छ । 
 
साप्ताहिक रुपमा विभिन्न कार्यक्रम गरि रजत जयन्ती सम्पन्न गरिएको विद्यालयले जानकारी दिएको छ । अभिभावक दिवशको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले विद्यालयले प्रदान गर्दै आइरहेको शैक्षिक र चौतर्फि सहयोगको प्रशंसा गरेका थिए । कार्यक्रमको अवसर पारि प्रमुख अतिथि वाग्लेले विद्यालयको शैक्षिक प्रगतिको कामना समेत गरेका थिए । विद्यालयले रजत जयन्तीको अवशर पारि अतिरिक्त क्रियाकलाप, रक्तदान कार्यक्रम, विरामीलाई फलफूल वितरण, संस्कृतिक कार्यक्रम लगायतका गतिविधिहरु संचालन गरेको थियो । 
 
कार्यक्रमको अवसर पारि विद्यालयले रक्तदान कार्यक्रममा सरिक रक्तदाताहरुलाई प्रमाण पत्र वितरण, अतिरिक्त क्रियाकलापहरुमा विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण, दश वर्षभन्दा बढि विद्यालयलाई अध्यापन क्षेत्रमा सेवा पु¥याउनु भएका शिक्षकहरुलाई सम्मान सेमेत गरेको थियो । रजत जयन्तीको अवसरमा विद्यालयका प्रिन्सिपल लोककुमार गुरुङ, मिना घले, जुनु श्रेष्ठ, निरा कैनी, मनिषा पौडेल लगायतका शिक्षकहरुलाई सम्मान गरिएको छ । विद्यालयको वार्षिक प्रगति प्रतिवेदन विद्यालयका प्रिन्सिपल लोककुमार गुरुङले प्रस्तुत गरेका थिए । 
 
रजत जयन्तीको अवसरमा विद्यालयको शैक्षिक तथा भौतिक प्रगतिको कामना सहित तालिम केन्द्रका वरिष्ठ प्रशिक्षक विष्णुनारायण श्रेष्ठ, प्याप्सन तनहुँका अध्यक्ष कुमार थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशिनाथ न्यौपानेले गरेका थिए ।