रेडक्रस धासिकुवा उपशाखामा लोहोनी

दमौली  । नेपाल रेडक्रस सोसाइटी घासिकुवा उपशाखामा दुर्गानिधि लोहोली सर्वसम्मत रुपमा सभापतिमा चयन हुनु भएको छ ।
 
अधिबेसन सम्पन्न गर्नको लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला केंद्रीय लेखासमिति सदस्य एवं जिल्ला सदस्य चीनू पोखरेलले उक्त अधिवेशनका संयोजक एवं प्रमुख अतिथिको रूप  अधिबेशनको बारेमा प्रकाश पार्नु भयको थियो । 
 
उक्त अधिबेसन नेपाल रेडक्रास सोसाइटी घसिकुवा का कार्यवाहक सभपति हुमानाथ दौलिया को सभापतित्वमा सम्पन्न भएको थियो ।  
 
अधिबेसन बाट नया कार्यसमितिमा चयन भएका सभापति दुर्गनिधि लोहानी का साथमा ८ जाना सदस्यहरु उर्मिला थापा, रामराजा न्यौपाने, राजीप्रसाद तिमिल्सिना, गणेशराज लोहोनी, शिव खत्री, मिनराज पन्थ, नविन थापा र विजय खनाल निर्बिराधÞ चयन भएका छन ।