भतेरीमा बहुद्देश्यीय रंगशाला बन्ने

दमौली । व्यास नगरपालिकाले व्यास ३ को भतेरीलाई बहुद्देश्यीय रंगशालाको रुपमा विकास गर्ने योजना अघि सारेको छ । स्थानीय तहको पुर्नसंरचनापछिको दोस्रो नगरसभामा योजना, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख बैकुण्ठ न्यौपानेले बसपार्क, रंगशाला तथा बालउद्यानसहितका संरचना बनाउनका लागि जग्गा अधिग्रहण गर्नका लागि १० करोड विनियोजन गरिएको घोषणा गरे । यसअघि नै त्यस ठाउँको सार्वजनिक जग्गा अधिग्रहणका लागि व्यास नगरपालिकालाई नेपाल सरकार अर्थ मन्त्रालयले सैद्धान्तिक सहमति दिइसकेको छ ।
 
दमौलीको बस्ती विकास बढ्दै गैरहेका बेला बजारमा त्यस्ता संरचना नभएकाले नगरपालिकाले धेरैजसो सार्वजनिक जग्गा भएको र आवादी नभएको निजी जग्गालाई अधिग्रहण गर्दै बहुद्देश्यीय ढंगबाट उपयोग गर्न लागेको हो ।
 
नगरपालिकाले व्यास पराशर क्षेत्रको एकिकृत विकासका लागि भन्दै बनाउन लागेको गुरुयोजनाको काम समेत अन्तिम चरणमा पुगेको उल्लेख गरेको छ । नगरपालिकाको महत्वपूर्ण स्थानहरुको शहरी विकास गुरु योजना निमार्ण कार्य प्रारम्भ भएको र सबै वडा कार्यालयहरुमा आउने जाने पहुँच मार्गहरुको स्तरीकरण गरिएको र केही स्थानमा नयाँ ट्रयाक खोल्ने कार्य अगाडी बढाएको नगरपालिकाले जनाएको छ ।
 
व्यास नगरपालिका दुध र मासुमा आत्मनिर्भर भए पनि तरकारी, फलफुल खाद्यान्नमा आत्मनिर्भर हुन नसकेकोले प्रसस्त समथर फाँटहरु भए पनि जग्गा बाँझै राख्ने प्रवृत्तिलाई अन्त गर्दै खेती नगर्ने जग्गा धनीलाई दण्ड र खेती गर्नेलाई पुरस्कारको व्यवस्थाको थालनी गर्ने नगरपालिकाले योजना बनाएको छ । र, यसका लागि व्यास नगरपालिकाभित्रको जमिनहरुको तथ्यांक लिई भूमि बैंक खडा गर्ने  योजना नगरपालिकाको छ ।
 
शहिदपार्क पुलिमराङ्ग, तनहुँसुर, तनहुँ कालिका शान्ति जंगलपार्क, व्यास, पराशर क्षेत्र पार्क तथा १०८ फिट व्यासमूर्तिको  निर्माणस्थल व्यावस्थापनको कार्यालाई गुरु योजना अनुसार अघि बढाइने नगरपालिका प्रमुख न्यौपानेले बताए ।
 
यसअघि सभाको उद्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एव्म पूर्वमन्त्री शंकर भण्डारीले संघीय संरचना पछि सिहदरबारको अधिकार प्रदेश र स्थानीय तहमा जाँदै गर्दा त्यहाँ निर्वाचत जनप्रतिनिधिहरुले राष्ट्रियतामा धावा बोल्ने हिसाबले कुनै पनि विवादस्पद निर्णय गर्न नहुने बताए ।   
 
कार्यक्रममा तनहुँ निर्वाचन क्षेत्र नम्वर १ प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ ‘किसान’ले नेपाल सरकारले तोकेको मर्यादाक्रमलाई  भुलेको आरोप लगाए । अब स्थानीय, प्रान्तिय र केन्द्रीय सरकारले मात्रै देश नचल्ने उनले बताए ।
 
राष्ट्रिय सभाका सदस्य प्रकाश पन्थ, तनहुँ निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा सदस्य सांसद आशा कोइराला, तनहुँ निर्वाचन क्षेत्र नम्वर १ प्रदेश सभा ‘क’ का प्रदेशसभा सदस्य हरिबहादुर चुमान,  प्रदेश सांसद डोबाटे विक, सरिता गुरुङ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेलगायतले कार्यक्रममा बोलेका थिए ।
 
नगरसभाको निर्णय 
 
व्यास नगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ का लागि  १ अर्ब ११ करोड २७ लाख ७० हजार ५ सयको संशोधित बार्षिक बजेट पास गरेको छ । यसअघि असार २८ गते नपाले ८० करोड ७१ लाख ७७ हजारको बजेट प्रथम नगरसभामा पेश गरेको थियो ।
 
दोश्रो नगर सभाबाट प्रथम नगर सभाबाट पारित भएका ऐन तथा नियमावलीहरु संशोधन सहित पारित गरिएका छन् । व्यास नगरपालिकाका पदाधिकारीहरुको आचार संहिता २०७४, व्यास नगर कार्यपालिकाको निर्णय वा आदेश र अधिकार पत्रको प्रमाणीकरण (कार्यविधि) सम्बन्धमा व्यवस्था गर्न बनेको नियम २०७४, व्यास नगरपालिकाको कार्य सम्पादन सम्बन्धमा व्यवस्था गर्न बनेको नियम २०७४, व्यास नगर कार्यपालिकाको कार्य विभाजन सम्बन्धमा व्यवस्था गर्न बनेको नियम २०७४ लगायतका ऐन तथा नियमावलिहरु संशोधन गरिएका छन् । नगर परिषद्ले केहि थप नियमावलीहरु परित गरेको छ । व्यास नगरपालिकाको आर्थिक कार्य्विधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन २०७४, व्यास नगरपालिकाको एफ.एम. रेडियो 
 
(संचालन तथा व्यवस्थापन) कार्यविधि २०७४, व्यास नगरपालिकाको सहकारी ऐन २०७४, व्यास नगरपालिकाबाट गरिने बजार अनूगमन निर्दे्शिका २०७४, व्यास नगरपालिका शिक्षा नियमावली २०७४ लगायतका ऐन तथा नियमावलीहरुलाई पारित गरी व्यास नगरलाई समृद्ध नगरको रुपमा अगाडी बढाइने व्यास नगरपालिकाका प्रवक्ता मेघनाथ आचार्यले जानकारी दिए ।
 
स्थानीय निकायहरुमा मर्का पर्ने गरि कर लगाउन लोकतन्त्रको हित विपरीत: जोशी
 
व्यास नगरपालिकाको दोस्रो नगरसभालाई शुभकामना पत्र मार्फत पूर्व सहमहामन्त्री गोविन्द राज जोशीले स्थानिय निकायहरुमा जनताहरुलाई मर्का पर्ने गरि कर लगाउनु लोकतन्त्रको हित विपरित हुने धारणा व्यक्त गर्नुभएको छ । निर्वाचनको समयमा जनप्रतिनिधिहरुले जनता समक्ष गरेका प्रतिवद्धताहरु पुरा गर्नुनै उत्कृष्ठ प्रजातान्त्रीक पद्धति रहेको बताउनु भयो । यसैक्रममा व्यास नगरपालिकाको दोस्रो नगरसभामा आमन्त्रण गरेको हार्दिक धन्यवाद दिँदै चाहना हुँदा हुँदै पनि गरिमामय सभामा उपस्थित हुन नसकेकोमा क्षमा माग्दै उक्त सभामा उपस्थी रहनुभएका महानुभावहरुलाई अहिलेको नेपालको विभिन्न चरणको निर्वाचन उत्कृष्ठ प्रजातान्त्रीक पद्धति बोकेको संस्कारलाई स्थानीय तह निर्वाचनमा निर्वाचित प्रतिनिधिहरुले यहि मर्मलाई स्वीकार गरेर काम गर्नुहुन्छ भन्ने मलाई विश्वास छ । 
 
साथै पत्रमा जोशीले निर्वाचनका समयमा भए गरेका कुराहरुलाई विर्सेर जनप्रतिनिधिहरुले जनताको पक्षमा उभिन सकेमा मात्र जनताको अभिमतको वाश्तविक रुपमा कदर हुनेछ । अहिले यदा कदा स्थानिय निकायमा जनप्रतिनिधिहरुले जनताको पक्षमा भन्दा जनता भन्दा फरक भएर जनतामाथी शासन गर्ने र जन अभिमत विपरित तर लगाउने काम भएको छ । त्यसैले जनताहरुमाथी अत्यन्त मर्का परेको गुनासाहरु सुन्नमा आएको छ । वर्तामान संविधानको मुल भूत उद्देश्य जनतामाथी शासन गर्ने नभइकन जनताको इच्छा अनुसार जनताकै घर दैलोमा अधिकार पु¥याउनु हो । त्यसैले यो नगर सभा जनताका पक्षमा र जनताको हित हुने कार्य कसरी गर्न सकिन्छ भन्ने कुरामा केन्द्रीत रही जनताका पक्षमा काम गर्ने अग्रणी भूमिका निर्वाह गर्नेछ भन्ने मलाई विश्वास छ । अन्त्यमा, व्यास नगर सभाको दोस्रो अधिवेशनको सफलताको कामना गर्नुभएको थियो ।