व्यास नगरपालिकामा घर निर्माण तालिम

दमौली  । घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालयले तनहुँको  आयोजनामा व्यास नगरपालिका भित्रका ६५ जनालाई डकर्मी तालिम सञ्चालन गरिएको छ ।  तालिममा प्रयोगात्मक हिसाबले काम गर्ने उद्देश्यले तालिमेहरुले व्यास ३ खुला मैदान नजिक सार्वजनिक शैचालय निर्माण गरिरहेको व्यास नगरपलिकाका इन्जिनियर निमल वाग्लेले जानकारी दिए ।
 
२०७२ साल वैशाख १२ गते गएको विनासकारी भुकम्पबाट क्षति पुगेका घरको पुननिर्माणका लागि नेपाल सरकारले भुकम्पको तालिमको आयोजना गरेको हो । डकर्मी तालिमका सिपालु मिस्त्री  शेरबहादुर आलेले डकर्मी तालिम लिन आउँदासम्म परम्परागत रुपमा घर बनाउने गरेको भन्दै अब भने भुकम्प प्रतिरोधि घर निमार्णमा सहयोग गर्ने बताए ।डकर्मी तालिम लिएपछि आफुहरुलाई घर बनाउने विभिन्न तरिकाको बारेमा जानकारी भएको प्रशिक्षार्थी वसन्त थापाले बताए ।  तालिमा लिएका डकर्मीलाई घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय तनहुँले डकर्मी तालिम प्रमाणपत्र दिने र व्यास नगरपालिकामा २ हजार पूर्ण क्षति भएका घरमा तालिम लिएका डकर्मीले नयाँ घर निमार्ण गर्ने व्यास नगरपालिकाले जनाएको छ ।