रेडक्रस सांखर उपशाखामा अधिकारी

दमौली  । नेपाल रेडक्रस सोसाइटी व्यास–४ सांखर उपशाखामा प्रतापसिंह अधिकारी सर्वसम्मत रुपमा सभापतिमा चयन भएका छन् । 
 
अधिवेशन सम्पन्न गर्नको लागि नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रिय सदस्य एवं निर्वाचन अधिकृत परशुराम गिरीले प्रमुख अतिथिको रुपमा अधिवेशनको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका कार्यवहाक सभापति डिल्लीराम अधिकारी, मन्त्री कृष्णहरी वाग्ले, उपमन्त्री हरिशरण पण्डित, सिन्धु उपशाखाका सभापति भिम कुमार श्रेष्ठ, पूर्व उपसभापति डा.लक्ष्मी चापागाई लगायतले मन्तव्य राखेको कार्यक्रम उपशाखाका सभापति नरनाथ काफ्लेको सभापतित्वमा सम्पन्न भएको थियो । 
 
अधिवेशनबाट नयाँ कार्यसमितिमा चयन भएका सभापति प्रतापसिंह अधिकारीका साथमा ८ जना सदस्यहरु भगवती न्यौपाने, इन्द्र बहादुर दरै, ज्ञानेन्द्र न्यौपाने, डा.लक्ष्मी चापागाई, विशेश्वर सुवेदी, लक्ष्मीभक्त खनाल, विवेक न्यौपाने निर्विरोध चयन भएका छन् ।