दुग्ध सहकारीमा यज्ञ प्रसाद

दमौली  । गत शुक्रबार सम्पन्न तनहँु जिल्ला दुग्ध उत्पादक सहकारी संघ.लि.को सातौ अधिबेशनले यज्ञ प्रसाद शर्मालाई अध्यक्षमा निर्विरोध चयन गरेको छ ।  संघका अध्यक्ष अम्मर बहादुर कुवरको अध्यक्षतामा बसेको अधिबेशनमा कुवरले स्थापना समय २०५३ देखी हाल सम्मको प्रतिबेदन प्रस्तुत गरेका थिए । 
 
अधिवेशनले उपाध्यक्षमा प्रेम प्रसाद पौडेल, सदस्यहरुमा रुद्रनिधि नैनावस्ती, दुर्गा प्रसाद अधिकारी, बलराम मिश्र, बद्रिनाथ सापकोटा, उदय राज के.सी, सिताराम बचगाई, सत्य प्रसाद खनाललाई निर्विरोध चयन गरेको छ । त्यस्तै, लेखा सयोजकमा बलराम भट्टराई, लेखा सदस्यमा चिरञ्जिवी पण्डित र राम बहादुर पाण्डेलाई चयन गरेको छ । यसैबीच, नवनिर्बाचित लेखा सयोजक भट्टराई, अध्यक्ष शर्मा र उपाध्यक्ष पौडेले र्निविरोध निर्वाचित गराउन सफल हुने सम्पुर्ण प्रतिनिधीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा १५ वटा दुग्ध उत्पादक सहकारी संस्थाका प्रतिनिधहरुको उपस्थित रहेको थियो ।