प्रदेस ४ को मुख्यमन्त्री पृथ्वीसुब्बा निस्चित

दमौली । सर्वसम्मत रुपमा संसदीय दलको नेता निर्वाचित भएपछि  एमालेका सचिव पृथ्वी सुब्बा गुरुङ प्रदेश नम्बर ४ को मुख्यमन्त्री बन्ने निश्चित भएको छ । 
 
प्रदेश इन्चार्ज किरण गुरुङको संभावना चिर्दै आश्चर्यजनक रुपमा पृथ्वीसुब्बा सर्वसम्म्त संसदीय दलको नेतामा आइतबार चुनिएपछी पहिलो मुख्यमन्त्री बन्ने सौभाग्य उनले पाएका हुन । 
 
वाम गठबन्धनको समझदारी अनुसार प्रदेशको मुख्यमन्त्री एमालेलाई दिने सहमतिपछि उनको मुख्यमन्त्री निश्चित भएको हो ।
 
मंसिरमा भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन अघि नै उनी मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिएका थिए । उनले त्यही बेलादेखि आफूलाई मुख्यमन्त्रीको प्रतिस्पर्धीका रुपमा प्रस्तुत गरेका थिए ।
 
माओवादी केन्द्रसँगको गठबन्धनका कारण प्रतिनिधि सभा देव गुरुङलाई दिनुपर्ने भएपछि उनले आफूलाई प्रदेश सभामा सुरक्षित अवतरण गराएका हुन् ।
 
मुख्यमन्त्रीका अर्का आकांक्षी तथा प्रदेश नम्बर ४ का इन्चार्ज किरण गुरुङलाई प्रदेशको बैठकमा आफ्नो पक्षमा मनाउन सफल हुँदै पृथ्वी सुब्बा सर्वसम्मत मुख्यमन्त्रीको कुर्सीमा पुगेका हुन् ।
 
चुमानलाई शक्तिशाली मन्त्रीको बाटो 
 
माओवादी केन्द्रका तर्फबाट संसदीय दलको नेतामा चुनिएका प्रदेश सांसद हरिबहादुर चुमानलाई शक्तिशाली मन्त्री बन्ने बाटो खुलेको छ । 
 
तनहुँकि पुर्वमन्त्री आशा कोइराला सभामुख हुने संभावनाकाबीच चुमान नेता छानिएपछी अब चुमानको संभावना बलियो बनेको छ ।