सान्र्दभिकता कति ?

वि.वि. श्रेष्ठ
आवश्यकताको औचित्यसँगै  त्यसको महत्व र सान्र्दभिकता जोडिएको हुन्छ । यसमा कुनै सजातिय अथवा प्रजातियको रंग र गन्ध पाईदैन । विशुद्ध अर्थ वोकेको अणु होस वा परमाणु, सवैको आफनो आफनो आवश्यकता र सान्र्दभिकता हुन्छ । आवश्यकताको आधारमा वस्तुको सान्र्दभिकता र महत्वको मापन हुने हुदाँ त्यसै अनुरुप यसको व्याख्यता रहेको पाईन्छ । सजिवता र निर्जिवताको कसीमा मापन गर्न नसकिने वस्तुको मुल्यांकन आफैमा अलौकिक हुने गर्दछ । यद्यापी यो सवै संसारका लाखौ करोडौ सजिव जीव जन्तुको तुलनामा मानव जातिको आवश्यकता अधिकांश रहने हुदाँ यसको प्रयोग र आवश्यकता पनि मानव जातिको हिस्सेदारी भित्र रहने गर्दछ । यसको अलवा संसारका जीवित जीवहरुको स्वभाव, वाच्ने शैलीमा अन्य निर्जिव वस्तुको प्रयोग सोहि अनुसार हुने गर्दछ । कसैको पनि अस्तित्व विना कोहि पनि वाँच्न रहन सक्दैन । सजिवतामा यो लागु भएता पनि संसारका जति पनि वस्तु र निर्जिवता भएता पनि एक अर्कामा निर्भरता रहनु नै सांसरिक मान्यताको अनुपम उपहार हो । यसको प्रयोग सजिवतामा स्वभाव र शैलीमा निर्भर गर्दछ भने निर्जिवतामा त्यसको आकार र गुणमा निर्भर रहन्छ । जुन जसरी प्रयोग र उपयोग भएता पनि एक अर्काको परिपुरकतामा आफनो धर्म निभाईरहेको हुन्छ । जुन वस्तुको विशेषता र प्रयोगमा विविधता भने पाउन सकिन्छ । 
मानव विहिनताको त्यो संसार कस्तो होला ? सायद त्यो कल्पना गर्ने कसले ? संसारमा जीव जन्तु र निर्जिवताको संसार होला कि नहोला ? यदि भएमा त्यो कस्तो होला ? त्यो संसारमा रम्ने हरेक जीव जन्तुहरु दुखी अथवा सुखी कस्तो हुन्थ्यो होला ? उनिहरुको आवश्यकता र आत्मियता कति रोचक हुन्थयो होला ? सहयोगको याचना र आवश्यकता पुर्ति र जीवन भोग्न कति सम्भव हुन्थयो होला ? मानव जातिको जीवन वाहेक अन्य जन्तुको जीवन जीवन होईन भन्ने मानसिकताले जकडिएको हाम्रो समाज साच्चै मानवविहिनता समाजको कल्पनामा फगत कोहि रमाउला र ? जन्म पाश्चात मृत्यृ स्वाभाविक भएता पनि सृष्टिको अन्य जीवको अवसान कति लामो हुन्थ्यो होला । संसारनै एकअर्काको सेरोफेरेको जंजालमा अडिएको यो अनुपमतामा मानव विहिनतामा जीव जन्तु साच्चै कति खुशी हुन्थ्यो होला ? असंख्य जिवित प्राणीको भुमरिमा रहेको अन्य जीवझै सवै जविको आवश्यकता र औचित्य कति होला ? संसार सजिव प्राणी विनाको कस्तो रहला ? कुनै पनि वन्यजन्तु र जंगली जनावरको आवश्यकता र औचित्वताले संसारिक निरन्तरतालाई थाम्ला कि नथाम्ला ?
अपार र उच्च महत्वकांक्षा आशा अभिलाषाले आवश्यकताको त्यो गहिराई समेत थेग्न नसकेको जीवन आखिर के का लागि ? यसका आवश्यकता र सान्र्दभिकता कति ? मानविय सम्वेदना समेत हराईसकेको सन्र्दभमा त्यो अभिलाषाको त्यो शिखरले कति शान्ति देला ? वर्षोदेखिको त्यो सांसारिक चक्रमा कोहि व्यक्ति विशेषको आवश्यकता र औचित्यताले कति फरक पार्ला ? समय सन्दर्भ चलिरहनेछ भन्ने समान्य हेक्का समेत राख्न नसकेको मानव जाति यहि सोच र व्यवहारले कहिले सम्म यो धर्तिमा आफनो अस्तित्व जोगाई रहन सक्ला ? सांसारिक निरन्तरता भित्रको हाम्रो जीवन एउटा अंशमात्र रहेछ, जो हुनु र नुहुनुले सांसारिकक निरन्तरलाई तात्विक असर पार्न सक्दैन रहेछ । त्यही भएर नै यो एउटा सृष्टि रहेछ । संसार रहेछ । धर्ति रहेछ । कोही पनि व्यक्ति विशेषको उपलव्धताले कोहि व्यक्ति विशेषमा केहि समयका लागि पनि फरक नपर्ने रहेछ । जुन सत्यतालाई कमैले मात्र वुझेको हुदो रहेछ । कुनै व्यक्ति विशेषले कुनै समुदाय,समाज र त्यहाँको भौतिक वस्तुको प्रयोग, उपयोगलाई क्षणिकतामा प्रभाव पार्न सकेता पनि संसारिक यात्रामा विलिनमात्र हुने रहेछ । व्यक्तिको जीवन नै साध्य हो भनेता पनि यो त केवल साधन मात्र रहेछ । जुन जति पनि समयमा परिवर्तन हुन सक्दो रहेछ । निश्चित कालखण्डका लागि कसैको भुमिका समाजमा चित्रित भएता पनि त्यो सवै साधन मात्र हो रहेछ, साध्य होईन रहेछ । जीवन यापनका लागि जति पनि हत्कण्डा, कर्म र भुमिका मात्र साधन नभई जीवन नै साधन रहेछ । भलै मानव आत्मा र जीवन मात्र संसारको एकमात्र साध्य हो भनेता पनि यो अदुरदृष्टिता शिवाय केहि होईन रहेछ । 
अनगिन्ती चाहना, ईन्छा, सपनालाई पुरा गर्न गरिने हरेक कर्म मानव जातिका लागि कति सान्र्दभिकता ? सपना देख्नु र कल्पना गर्नु, क्षणिक लाभ र आर्जन गर्नु मात्र जीवन होईन रहेछ । जीवन र जगत एकअर्काको पुरक हुन् । जीवन र जगतलाई अलग अलग राखेर व्याख्या र विश्लेषण गर्नु न्यायोचित हुन सक्दैन । आत्मरतिमा वाँच्नु भनेको क्षणिकतामा रम्नु हो । जसमा हामी मानव जाति वाँचिरहेका छौ । यथार्थतामा भन्दा आत्मरतिमा वाँच्दा जीवनको सुन्दरता पाउन सकिदैन रहेछ । यथार्थता भुल्दै वनावटी जीवनमा लिप्त भईरहदाँ जीवन के का लागि र यसका सान्र्दभिकता कति ? प्रश्नहरि अविरल छरिईरहेका छन् । वेग्रल्ती प्रश्नहरुको भीडले सोचिरहेको छु । जीवनको आवश्यकता र यसको सान्र्दभिकता के ? अनन्त सपना र कल्पनाको भीडमा त्यो केन्द्रविन्दु पहिल्याउन म सक्ने छैन । जुन विन्दुले यथार्थता जीवनको आत्मवोध गराउँदछ । 
वक्स १
आत्मरतिमा वाँच्नु भनेको क्षणिकतामा रम्नु हो । जसमा हामी मानव जाति वाँचिरहेका छौ । यथार्थतामा भन्दा आत्मरतिमा वाँच्दा जीवनको सुन्दरता पाउन सकिदैन रहेछ । यथार्थता भुल्दै वनावटी जीवनमा लिप्त भईरहदाँ जीवन के का लागि र यसका सान्र्दभिकता कति ? प्रश्नहरि अविरल छरिईरहेका छन् । वेग्रल्ती प्रश्नहरुको भीडले सोचिरहेको छु । जीवनको आवश्यकता र यसको सान्र्दभिकता के ? अनन्त सपना र कल्पनाको भीडमा त्यो केन्द्रविन्दु पहिल्याउन म सक्ने छैन । जुन विन्दुले यथार्थता जीवनको आत्मवोध गराउँदछ । 
वक्स २
सांसारिक चक्रमा कोहि व्यक्ति विशेषको आवश्यकता र औचित्यताले कति फरक पार्ला ? समय सन्दर्भ चलिरहनेछ भन्ने समान्य हेक्का समेत राख्न नसकेको मानव जाति यहि सोच र व्यवहारले कहिले सम्म यो धर्तिमा आफनो अस्तित्व जोगाई रहन सक्ला ?