बन्दीपुरमा राष्ट्रकल्याण महोत्सव

बन्दीपुर गाउँपालिका–२ सिमलटारमा फागुन ११ देखि १९ गते सम्मको लागि सञ्चालित विश्व शान्ति राष्ट्रकल्याण बन्दीपुर समृद्धि एवं पितृ उद्धार श्रीमद्भागवत ज्ञानयज्ञ महोत्सवमा भत्तजनहरुको भिड लागेको छ ।
 
विश्व शान्ति ,राष्ट्रकल्याण बन्दीपुर समृद्धि एवं पितृ उद्धारको कामना गर्दै लक्षोत्तर गायत्री महामन्त्र जपहवन साथै नित्य हवन एवं श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञ महोत्सव भईरहेको महोत्सव व्यवस्थापन समितिका संयोजक रोजन बानियाँले जानकारी दिए  ।
 
लक्ष्मीनारायण वैदिक पीठ नेपालका अध्यक्ष गोविन्द रेग्मीले दार्शनिक प्रवचन दिएको कार्यक्रममा व्यासाचार्य स्वामी डा.चक्रपाणी आचार्यले सुमधुर सङ्गित प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।