देउवाको जीत: काग्रेसको अधोगती

बि बि श्रेष्ठ
 
चार पटक सम्म देशको कार्यकारी पद प्रधानमन्त्रीमा पुगेर देश संचालन गरिसेको नेपाली काग्रेसको सभापति शेरवहादुर देउवा पटक पटक टेस्टेड भईसकेका व्यक्ति हुन् । व्यक्तिको क्षमताका मापन गर्नका लागि पटक पटक टेस्टेड हुनु जरुरी रहदैन । तथापी शेरवहादुर देउवा मात्र त्यस्तो भाग्यमानी हुन जसले पटक पटक अवसर पाईरहेकाछन् । 
 
तत्कालिन शाही सरकार ज्ञानेन्द्रले असक्षम घोषणा गरेर गलहत्याउदाँ होस वा तत्कालिन माओवादीलाई जनयुद्धका लागि वाध्य पार्ने समयको त्यो परिदृश्यमा होस् शेरवहादुर देउवा नेपालका राजनितीमा असफल व्यक्ति हुन् । यो भन्न कुनै पनि अफठयारो मान्नुपर्ने आवश्यकता छैन । देशमा संघिय गणतन्त्र पाश्चात भएको संघिय संरचना, प्रादेशिक तथा स्थानिय तहको निर्वाचनमा काग्रेसको लज्जाजनक हारमा शेरवहादुर देउवको असक्षमता प्रष्ट भएको छ । आम सर्वसाधारण जनता मात्र होईन नेपाली काग्रेसका हार्डलाईनर नेताहरु समेत देउवाको नेतृत्वमा देशमा परिवर्तन र विकास छैन मात्र होईन पार्टी समेत पुर्नजार्गित हुन सक्दैन यो नेताहरुको आम धारणा वाट सुन्नमा पाईन्छ । भाषणमा चर्का कुराकानी गर्ने देउवाको विरुद्धमा कोठे वैठक र भेला गर्ने अनि पार्टीभित्रको चुनावका देउवालाई भोट हालेर जिताईरहदाँ नेता कार्यकर्तालाई त कस्तो अनुभुति भयो नै आम सर्वसाधारण जनताहरु भने लाजले रातोपिरो भएको वेगल्ती देख्न र सुन्न सकिन्छ ।
 
नेपालको राजनितीमा नेपाली काग्रेसको निति सिद्धान्त र लोकतान्त्रिक पद्धतिमा विचार र आस्था वोक्ने जनताहरु वेग्रल्ती भेटिन्छन् । आस्था, सिद्धान्त र विचारवाट परिचालित हुने नेपाली काग्रेस पार्टी पछिल्लो समय पार्टीको विचार र सिद्धान्त भन्दा वाहिर गएर गरिने क्रियाकलापले नै आज आम जनतामा वितृष्णा जगाउने मुख्य आधार हो । यो सवैको आधारशिला निर्माण भनेको नेतृत्व तहवाट हुने काम कारवाही क्षमता वाट नै हुने हो । हिजोको नेपाली काग्रेसको नेतृत्व गर्ने विपी कोईराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोईरालाको योग्यता, क्षमताको उपज हो नेपाली काग्रेस । जसको विचार, नेतृत्व र क्षमतामा नेपाली काग्रेसको जग निर्माण भएको हो । यहि जगको आधारशिलामा मजवुत भएको नेपाली काग्रेस त्यसैको व्याज खाएर राजनितीमा अस्तित्वमा रहेको छ । 
 
समाज आफैमा परिवर्तनशिल हुन्छ । समयको मागसँगै जनताको आवश्यकतालाई मनन गर्न सकेन भने हिजो वाउ वाजेको विरासतले मात्र निरन्तरता पाउन सक्दैन । समान्य प्राकृतिक न्यायको सिद्धान्तलाई समेत अङ्गिकार गर्न नसक्ने नेपाली काग्रेस र नेताहरुको त्यो अल्पदृष्टि, असक्षमताले लामो समय नेपाली काग्रेस पार्टी सँगसँग देश र जनतालाई नै वन्धक वनाईरहयो । त्यसैको फलस्वरुप नेपाली काग्रेस आज ईतिहासमा सिमित हुन पुगेको छ । देश संघिय संरचना र प्रादेशकि संरचनाको नतिजा आईसकेपछि नेपाली काग्रेस जनतावाट टाढिन पुगेको छ । सधै सत्ता र शक्तिलाई मात्र प्रधान देख्ने नेपाली काग्रेसको अगामी दिशा र गन्तव्य हेर्दा प्रजापरिषदमा पुग्न लालयित र अग्रसर पाईन्छ । 
 
नेपाली काग्रेसलाई पुर्नजीवन दिनुपर्दछ । यसका लागि पाटीको महाधिवेशन र नयाँ नेतृत्वको वकालत गर्ने गगन थापा, प्रदिप पौडेलहरु लगायत अन्य नेताहरु नेपाली काग्रेसको संसदीय दलको नेता चयनमा शेरवहादुर देउवाले पाएको दुई तिहाई मत सँगै उनिहरुको परिचय पनि धुमिल वनेको  छ । लोकप्रियताका लागि ठुला ठुला भाषण मात्र गर्ने तर व्यवहारिक परिवर्तनका लागि सिन्को पनि नभाँच्ने नेताहरुको यो नियतीले नेपाली काग्रेसमा आस्था राख्ने आम नेता कार्यकर्ता मात्र होईन जनता समेत स्तव्ध वन्न पुगेको छ । देउवाले गिराएको साख धान्न का लागि अगाडी सरेको प्रकाशमान सिंहको त्यो आँट र सहासलाई साच्चै नेपाली काग्रेस पुर्नगठन र जनताको माझ लोकप्रिय गराउने हो भने सिंहको जीत नै नेपाली काग्रेसका लागी अमृत सावित हुन सक्दथ्यो । आधारशिला निर्माण हुन सक्दथ्यो । तर त्यो सम्म पनि नयाँ पुस्ता वाट हिम्मत नहुदाँ नेपाली काग्रेसको अवको भुमिका के भन्ने कुरा प्रश्न खडा भएको छ ।    पदमा पुग्नु ठुलो कुरा होईन तर त्यो पदको गरिमा जोगाउनु ठुलो कुरा हो ।  त्यस पदको भुमिकालाई सम्मानित राख्नु ठुलो कुरा हो भन्ने कुरा समेत नवुझदा आज नेपाली काग्रेसको ओझ झन झन धुमिल हुदै गईरहेको कुरालाई नकार्न सकिदैन । सरकारको नेतृत्व गर्दा समेत जनताले महशुश गरि परिवर्तन र विकास मा खेल्नु पर्ने भुमिका खेल्न नसकेको नेपाली काग्रेस विपक्षी दलको हैसियतले संसदमा उभिएर देश र जनताको पक्षमा आवाज उठाउला र जनजिविकामा भुमिका खेल्ला भन्नु हास्यास्पद शिवाय केहि हुन सक्दैन । 
 
देश मा परिवर्तन र विकास हुनका लागि सत्ता पक्षमात्र होईन प्रतिपक्ष समेत वलियो हुनुपर्दछ । अनिमात्र देश विकास र समृद्धिमा अगाडी वढ्दछ । 
 
कुनै पनि एउटा पक्षमात्र सवल भएर देश विकास हुन सक्दैन । हिजो लामो समय सम्म देशको नेतृत्व गरेको नेपाली काग्रेस अवको ५ वर्ष सत्ता र शक्ति वाहिर वसेर देश परिवर्तनका लागि भुमिका खेल्दछ भनेर सोच्नु भनेको मुर्खता शिवाय केहि हुन सक्दैन । संसदीय दलको निर्वाचनमा देउवाले पाएको दुई तिहाई मतले देउवाको असक्षमतालाई थप उजागर गर्ने अवसरको रुपमा प्रकट भएको छ । यसले नेपाली काग्रेसलाई कमजोर र देउवालाई झन झन वलियो वनाएको छ । जुन वलियोपनको फाईदा उठाउदै देउवाले नेपाली काग्रेसलाई झन रसातलमा पुरयाउने कुरामा कुनै शंका छैन । संसदयि दलमा देउवाको विरुद्धमा उठेर नेपाली कागे्रसका समर्थका माझमा वाहवाही कमाएको प्रकाशमान सिंहको त्यो अदम्य साहासको अगाडी देउवाले पाएको दुई तिहाई वढी मतले विर्को लगाई दिएको  छ । पार्टीको अस्तित्व जोगाउन उठेका आवाजहरु झन झन दविएर गएको छ । अवको केहि समय देउवाको दवदवा झन झन वढदै गएको छ ।
 
जव देउवाको असक्षमताको दवदवा जति जति वढदै जान्छ, उति उति नै नेपाली काग्रेस वढारिदै जान्छ । भीडमा जति सुकै पार्टीको पुर्नगठनको कुरा गरेता पनि गगन थापा होस वा अन्य युवा नेताहरु देउवाको सति जान तैयार रहनुले उनिहरुको भुमिका पनि सन्देह रहनपुग्यो । जसरी पनि सधै सत्तामा मात्र रहन अभ्यस्त रहने देउवाको अवको मुख्य योजना नै जसरी पनि सरकारमा पुग्नु नै हो । संसदीय दलको नेता स्वतः प्रधानमन्त्रीको दावेदार हुने व्यवस्थालाई टेकेरे देउवाले भोलिको दिनमा खेल्ने भनेको सरकार ढाल्ने र वनाउने शिवाय केहि हुन सक्दैन । देउवाको नेतृत्वमा नेपाली काग्रेसको ताजगी र पुर्नगठन भनेको असम्भवप्रायः हो जुन विगतको पटक पटकको नजिरले प्रमाणित गरिसकेको  छ ।  त्यहि देउवाको नेतृत्वमा समृद्ध नेपाल र समृद्ध नेपालीको परिकल्पना गर्ने हामी जनता मुर्ख शिवाय अन्य केहि हुन सक्दैन  ।