श्रृंगपथ विकासमा पछि ःजोशी

 फागुन २६,दमौली । नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले आफ्नो हातमा नेतृत्व भएको भए जिल्लाका छवटै ठाउँमा चुनाव जिताउन सक्ने बताएका छन् । भीमादमा आयोजित कांग्रेस कार्यकर्तासँगको भेटमा उनले नेतृत्वको दम्भ र कमजोरीकै कारण समानुपातिकमा मत नघटे पनि प्रत्यक्षटर्फ कमी आएको बताए । उनले चुनावहरुमा असल कार्यकर्तालाई टिकट नदिइनु पनि गल्ती भएको बताए । कांग्रेस नेता ध्रुवकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सभासद उर्मिला थापा, नेपाली कांग्रेस क्षेत्र नम्बर १ की कार्यवाहक सभापति बालकुमारी लोहोनी, पूर्व सह सचिव परशुराम गिरी, पूर्व क्षेत्रीय अध्यक्ष

डिल्लीराम अधिकारी, बीपी विचार समाज तनहुँका सचिव हरिशरण पण्डित, पूर्व जिविस सदस्य प्रकाश श्रेष्ठ, घिरिङ १ का वडा अध्यक्ष गंगाराम कुमाल, स्थानीय नेता कुलबहादुर थापा, राजाराम थापा, सहिदपुत्र भरतकृष्ण श्रेष्ठलगायतले बोलेका थिए । यसअघि घिरिङ ५ मचाबारीस्थित बुद्धि प्राविमा भएको कार्यक्रममा उनले २०४८ सालमा आफ्नो नेतृत्वमा शुरु श्रृंगपथ हालसम्म कालोपत्रे हुन नसकेको भन्दै आफू नेतृत्वमा भएको भए कालोपत्रे भैसक्ने बताए । आफू शिक्षामन्त्री हुँदा स्थापित विद्यालयको कार्यक्रममा बोल्दै उनले विद्यालयले गरेको प्रगति देख्दा खुशी लागेको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सांसद उर्मिला थापा, कांग्रेस पूर्व सचिव परशुराम गिरी र नेता परमेश्वर भट्टराई र मीनबहादुर कार्की, विद्यालयका प्रधानाध्यापक होडबहादुर थापालगायतले बोलेका थिए ।