शान्ति एकेडेमीको ११ औं वार्षिकोत्सव

फागुन २७,दमौली । भानु नगरपालिका ३ स्थित शान्ति एकेडेमी बोर्डिङ स्कूलले आफ्नो ११ औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न गरेको छ । एनप्याब्सनका संस्थापक महासचिव एवं जिल्ला समन्वय समितिका सदस्य अर्जुनबहादुर अधिकारीले कार्यक्रमको उद्घाटन गरे । उनले ग्रामीण क्षेत्रमा रहेर पनि विद्यालयले दिएको योगदानको प्रशंसा गरे ।
विद्यालय व्यवस्थापन समितिका शेयर सदस्य मधु बानियाँको सभापतित्वमा भएको कार्यक्रममा मुस्लिम संघ नेपालका सल्लाहकार अब्दुल रहिम मियाँ, विद्यालयका संयोजक सीताराम बानियाँलगायतले बोलेका थिए । प्रधानाध्यापक दुर्गा आचार्यले कार्यक्रममा प्रतिवेदन प्रस्तुत गरेका थिए ।