स्थापना दिवसको अवसरमा शैक्षिक सामग्री सहयोग

 
फागुन २७,दमौली । आर्थिक अभाव झेल्र्दै आएका लोपन्मुखजाती सिमान्त कुसुन्डाले लेखपढ गर्न शैक्षिक सामग्री पाएकी छिन् । शैक्षिक सामग्री पाएपछि कुसन्डामा खुसी छाएको हो । राजामामा कुसुन्डाकी छोरी सिमान्तलाई मगर विद्यार्थी संघ तनहुँले आइतबार विद्यालय पोशाक, झोला र शैक्षिक सामग्री प्रदान गरेका हुन् । नेपाल मगर विद्यार्थी संघको २३ औं स्थापना दिवसको अवसरमा सिमान्त कुसुन्डालाई लेखपढमा सहज होस् भन्र्दै उक्त शैक्षिक सामग्री प्रदान गरेका हुन् । सिमान्त व्यास ५ डिही गाउँमा सतिश बोडिङ्ग स्कुल कक्षा २ मा अध्ययनरत छिन् । आर्थिक अभावले छोरी सिमान्तलाई पढाउन समस्या भएको बाबा राजामामाले बताए । आम्दानी स्रोत केही छैन्, उनले भने, छोरीलाई शिक्षादिक्षा दिन ग्राहो भएको छ ।
 
छोरीलाई पढाउनका लागि सिमान्तको आमा इन्द्रामाया कुसन्डा सतिश स्कुलमा काम गर्दै आएकी छिन् । उनी स्कुलमा कार्यालय सहयोगी रुपमा काम गर्दै आएकी हुन् । उनले मासिक ७ हजार रुपैयाँ पाउँछ । महिनाको तलवले के के गर्ने हो, उनले भनिन्, छोरी पढाउने की घरखर्च चलाउने हो । तीन जनालाई घरखर्च चलाउन पनि मुस्किल हुन्छ, इन्द्रामायाले भनिन् । विद्यालयले मासिक शुल्क भने छुट दिएको छ । तर भर्ना र परिक्षा तिर्नुपर्दछ । भर्ना फि एक हजार ५ सय, परिक्षा फि, एक हजार २ सय रुपैयाँ लाग्ने गरेको छ ।  सिमान्तको मासिक फि शुल्क फ्रि बनाएको छ, सतिश बोडिङ्ग स्कुलका प्रधानाध्यापक दीर्घ दुरैले बताए ।सिमान्तको पढाई राम्रै छ । उनको शैक्षिक नतिजा चित्त बुझदो रहेको विद्यालयले जनाएको छ ।