राधा चौधरी माथी अन्याय किन ?

नारी दिवश देशभर विभिन्न कार्यक्रम गरि मनाईरहेको समयमा नै कैलालीको घोडाघाडी नगरपालिका वडा नं ५ देउकलीमा २० वर्षिय राधा चौधरीमाथी वोक्सिको आरोपमा निर्घात कुटपिट भयो । नारी दिवशमा नारी समानता, न्याय, मुक्ति र नारीमाथीको अन्याय अत्याचारको विरुद्धमा देशभरको विभिन्न तारे होटलहरुमा डलरको कार्यक्रम भईरहदाँ देउकलीमा राधा चौधरी मृत्यृ सँग लडिरहिन । देशमा महिलामा भएको असमानताको विरुद्ध राज्यवाट वर्षेनी रकम खर्च भईरहेता पनि हजारौ नारी हरु वोक्सि होस वा अन्य नाममा कुटिईरहेका छन् । यसका मुख्य कारण जे भएता पनि चेतनाको कमि त रहयो नै समाज र देशका समाजसेवी वुद्धिजिवी भनाउदाँहरुको पाखण्डी सोच नै प्रमुख कारण वनेको छ । समाजमा अशक्त, वृद्धा, गरिव, असहाय व्यक्तिहरु हरेक समाजमा वोक्सि अथवा अन्य कारणवाट अपहेलित भईरहेका छन् । कुटिईरहेका छन्  । समाजवाट तिरस्कृत भईरहेका छन् । तर पनि यसको न्युनिकरण भन्दा पनि समाजवाट नै यसलाई वढावा दिने काम भईरहेको छ । जुन समाजको निरन्तरता नै वनिरहेको छ । देश संघिय गणतन्त्रमा प्रवेश गरेर के भयो । व्यक्तिको चेतनामा जवसम्म परिवर्तन हुदैन र कारवाही गर्ने निकाय मुकदर्शक वन्दछ तव लाखौ राधा चौधरीहरु अनायासै वोक्सिको नाममा कुटाई खाईरहन्छन् । अपहेलित भईरहन्छन् । समाजमा प्रताडित भईरहन्छन् । 
२१ औ शताव्दीको प्रविधीको युगमा समेत कोहि नारी विभिन्न वहानामा कुटपिटको शिकार भईरहने, देशमा अन्धविश्वासलाई निरुतसाहित भन्दा पनि वढवा दिईरहने जिम्मेवार निकायको चरम लापरवाहीको कारण आज पनि हजारौ नारीहरु वोक्सीको आरोपमा समाजमा पिडित वेग्रल्ती भेटिन्छन् । जव सम्म चेतनाका विकास र सम्वन्धित निकाय जिम्मेवारीवाट विमुख रहन्छ तवसम्म यस्ता घटनाहरु निरुत्साहित होईन प्रोत्साहित भईरहन्छ । स्थानिय पार्वती चौधरी विमारी हुनुका कारण खोज्नुभन्दा पनि अझै अन्धविश्वासमा नै रमाईरहदाँ देश अझै पनि कहा रहेछ भन्ने कुराको पुष्टि भएको छ । 
नारी दिवसका दिन चारतारे होटलमा वसेर भाषण ठोकिरहदाँ कैलालीको देउकलीमा राधा चौधरीले भोग्नु परेको पिडा सायद कसैले कल्पना पनि गर्न नसक्ला । अन्धविश्वास, कुरिती, कुसंस्कारले जकडिएको समाजमा अझै पनि आस्था र विश्वासले अझै पनि कति नरनारीहरुले पिडा भोगिरहनुपर्ने हो टडकारो प्रश्न चिन्ह खडा भएको छ । पीडक रामवहादुर चौधरी भोले वावाले अझै पनि सर्वसाधारण जनतालाई भ्रममा राख्न खोज्नु र विरामी पार्वती चौधरीलाई उपचार गर्ने निहुमा पिडित राधा चौधरीलाई लात्तैलात्ताले हान्नुले सिंगो समाज र सम्वन्धित निकायको खिल्लि उडाएको छ । 
कोहि आफैमा वोक्सी र धामी हुदैन भन्ने समान्य कुरा पनि हेक्का राख्न नसक्ने समाज अथवा समाज निर्माणको मसिहा सम्झने जनप्रतिनिधी समेत उल्टै पिडिक लाई कारावाही गर्नुभन्दा पनि प्रशय दिनुले झन यस्ता घटनालाई मलजल गरेको देखिन्छ । प्रहरी श्रोत भन्दछ, घटना पछि हामीले पिडकलाई समातेर ल्याएका थियौ । पिडित राधा चौधरीलाई जाहेरीका लागी भन्दा मिलापत्र गरियो । यस्तो जवाफले भोलि हाम्रो समाज कहाँ जादैछ ? कारवाही गर्ने निकाय र देशमा शान्तिसुरक्षाको जिम्मेवारी लिएको निकायले जवाफ दिनु पर्देन ? कसैको डर धाकधम्किले कानुनको धज्जी उड्ने भए किन चाहियो प्रहरी र प्रशासन ? जनतालाई शान्तिपुर्वक वाँच्न पाउने नागरिरको मौलिक हकको रक्षा गर्ने कि शक्ति केन्द्रको दलाली ? कैलाली प्रशासन सामु टड्कारो पश्न खडा भएको छ । जव पिडित सम्पुर्ण समाजको अगाडी नै कुटाई खानुपरेको छ । जिवन रक्षाको लागु याचना गर्नु परेको छ । वाँच्न सकिन्छ कि भन्ने आशामा जे पनि वक्नु परेको छ त्यस्ता व्यक्तिले उजुरी दिएन भनेर केहि कारवाही नगर्नु ले प्रशासन र प्रहरीको जिम्मेवारीता माथी नै प्रश्न चिन्ह खडा गरिदिएको छ । 
सेति अन्चल अस्पताल धनगढीमा जीवन र मरणको दोसाँधमा रहेका राधा चौधरीको यो वोक्सी को आरोपमा भएको घटनाले सिगो देशमा नै नारी हक हितका लागि काम गर्ने विभिन्न निकायको खिल्लि उडाएको छ । नारीहरुको मुख्य समस्या के हो ? समाजमा नारी हरु के के विषयमा पिडित वनिरहेको छ भन्ने समान्य चेतनाको विकास गर्न पनि नसक्ने नारी संघसंगठनहरुलाई राधा चौधरीको यो हिंसाले प्रश्न चिन्ह खडा गरिदिएको छ । अझ ै सवैभन्दा गम्भिर प्रश्न भनेको भोलेवावा भन्ने रामवहादुर चौधरीलाई मेयर र जनप्रतिनिधीहरुको टोलिले नै प्रशय दिएर उनिहरुको हैसियत उदाङ्गो पारिदिएको छ । कारवाही गर्ने निकाय समेत जमात  र भीडको पछाडी लाग्दा यस्ता घटनाहरुले झन झन प्रशय पाएको वुझन गाह्रो छैन । 
नागरिकको मौलिक हक अन्र्तगत शान्तिपुर्वक वाँच्न पाउने हकलाई समाजमा विभिन्न तत्व र नाममा महिलामाथी विभिन्न प्रकारको हिंसा वेग्ल्ती देख्न सकिन्छ । यस्ता घटनालाई निरुत्साहित गर्नका लागि कानुन वमोजिमको कारवाही नै हो । तर यसमा ध्यान नदिदाँ र मिलापत्रका नाममा सम्वन्धित निकायले नै महिलामाथी हुने यस्ता घटनालाई प्रशय दिईरहेका छन् । जुन सम्वन्धित निकायको अक्षुष्ण लापरपाही हो । मिलापत्रका नाममा हुने यस्तो गतिविधिले समाजलाई झन कुरितिी, अन्धविश्वासलाई थप मलजल गर्ने कुरामा सम्वन्धित निकायको ध्यान जान जरुरी छ । हैन भने शक्ति र सत्ताको पछाडी लाग्ने हो भने शान्ति सुरक्षा केवल शक्ति हुने हरुका लागि मात्र हो भन्ने कुरा पुष्टि हुनेछ र सर्वसाधारणको सरकार र सम्वन्धित निकायप्रतिको आस्था र गरिमा घटनेछ । भाषणमा ठुला ठुला करा गर्ने महिला अधिकारकमीहरु अवसरका लागि मात्र महिलामा समानता खोज्नु, शक्तिका लागि मात्र महिला मुक्तिका कुरा गर्ने शैलीले सिगो महिला अधिकारकर्मीहरुको खिल्ली उडाएको छ । समानता र न्याय राजधानी मात्र होईन देशका दुरदराज सम्मका लागि हो भन्ने वुझन नसक्ने महिला अधिकारकर्मीहरुले वेलामा नै महिलामाथीको चरम हिंसाको लागी आवाज उठाउनुपर्नेछ । होईन भने महिलाहरु सधै केहि न केहि विषयलाई दिएर मर्ने, अपहेलित हुने र अत्याचार सहनुपर्ने भईरहनेछ । 
सिंगो समाजलाई दुर्गन्धित गर्ने कैलाीको देउकलीमा भएको यो घटनाको पिडक पार्वती चौधरी, भोले वावा भन्ने रामवहादुर चौधरीलाई कानुन वमोजिम कारवाही होस । दवावको भरमा मात्र काम गर्ने नत्र सर्वसाधारणलाई मात्र कानुन नाममा दुख दिने प्रहरी प्रशासन देशको कानुन अनुसार काम गर्न तैयार हुनुपर्दछ । नभए यस्ता घटना समाजमा घटिरहनेछ । 
कारवाही गर्ने निकाय नै मेलमिलापको नाममा पिडकलाई उन्मुक्ति दिनु भनेको राज्यद्रोह शिवाय केहि हुन सक्दैन । समाजको त्यो भीडमा पिडित राधा चौधरीको पुकार सुन्ने त्यत्रो समाजमा कोहि भएनछ, धन्न हाम्रो चेतना र मानवता !