लोक गायक शर्माले दर्शकलाई नचाऐ

फागुन २७,दमौली । दमौलीमा जारी तेस्रो दमौली महोत्सवको पाचौँ दिन राष्टिय तथा स्थानिय कलाकारको वेजोड प्रस्तुती रह्यो  । महोत्सवको पाचौँ दिन आइतवार दमौली महोत्सवमा दर्शकको लाई चर्तित लोक गायक पशुपती सर्माले नचाए । गायक शर्माले मलाई अमेरिका यही जापन पनि यही भन्ने गीतमा दर्शकलाई नचाए । शर्माले मेरो माया भएको ठाउँमा वत्ती वाल्नै पदैन त्यो गाउँमा लगायत भज नगित समेत प्रस्तुत गरका थिए ।  आईतवार ४ हजार दर्शक र ८ लाखको वरावरको कारोवार भएको महोत्सव आयोजक तनहुँ उधोग वाणिज्य संघले जनाएको छ ।  यसैविच गायक करण तामाड,  हास्य प्रस्तुती तर्फ  पोखरेली माग्ने वुढो र धुमुसको विशेष प्रस्तुती रहेको थियो । महोत्सवमा कृषि प्रर्दशनी हस्तकला प्रर्दशनी रमाइलो मेला लयायतका प्रदर्शन राखिएको छ । सोमवार लोक गायक कमल खत्री, देवान किनार, कृष्ण गौतम, चोलाचन ढकुरी, एम सागर विक, तुलसा जिसी को प्रस्तुती रहेन महोत्सव आयोजक तनहुँ उधोग वाणिज्य संघ दमौली वजार इकाइले जनाएको छ ।