पराजुलीको पक्ष र विपक्षमा बहस

         फागुन २९दमौली । प्रधानन्यायाधीश गोपाल पराजुली फेरि विवादमा तानिएका छन् । पराजुलीले न्यायलयको स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने गरेको कतिपयको आरोप छ ।
प्रधानन्यायधिश पराजुलीले न्यायालयलाई आफ्नो निहित स्वार्थका रुपमा प्रयोग गरेको तथा नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते भेटिएको लगायतका थुप्रै आरोप छन् ।
मंगलबार मात्र डा गोविन्द केसी र कान्तिपुर दैनिकको अवहेलना मुद्दा आफूसहितको बृहत् पूर्ण इजलाशमा सुनुवाई थालेपछि सर्वोच्च अदालतका न्यायाधीशहरु समेत पराजुलीको पक्ष र विपक्षमा उभिएका छन् । भावी प्रधानन्यायाधीशको रोलक्रममा रहेका न्यायाधीश दिपकराज जोशीसहित आठ न्यायाधीशले प्रधानन्यायाधीश पराजुलीले तोकेको मुद्दा नहेर्ने निर्णय गरेका थिए ।
 
सर्वोच्च अदालतमा देखिएको विवादबारे धारणा बनाउन नेपाल बारले आपतकालीन बैठक बोलाएर छलफल समेत गरेको छ । सोमबार मात्र न्यायाधीश चोलेन्द्रशम्शेर जबरालेप्रधानन्यायाधीश पराजुलीले साउनमा नै अवकाश पाएको भन्दै बेञ्च बहिस्कार गरेका थिए ।
तर सर्वोच्चले भने न्यायाधिश चोलेन्द्रविरुद्ध मुद्दा लगाउने तयारी गरेको छ । न्यायालयको अपहेलना गरेको भन्दै उनीमाथि मुद्दा दायरको तयारी भैरहेको श्रोतको दाबी छ ।
यता, प्रा. डा. गोविन्द केसीले पाँच दिनपछि सारेका छन् । सोमबारको विमान दुर्घटनामा धेरैको निधन भएकाले शोकको घडीमा अनसन स्थगित गरिएको डा. केसीले बताए ।
उनले ४ गतेदेखि अनसन बस्ने बताएका छन् । प्रधानन्यायाधीश गोपाल पराजुलीलाई महाअभियोग लगाउन माग गर्दै डा. केसीले २९ फागुनदेखि आमरण अनसन बस्ने बताएका छन् ।