अमरसिंह माविमा आ“खा परीक्षण

        फागुन २९दमौली । व्यास ११ स्थित अमरसिंह निमाविका ५५ विद्यार्थीको आँखा परीक्षण गरिएको छ । लायन्स र लियो क्लब अफ तनहुँको संयुक्त आयोजनामा भएको कार्यक्रममा विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरिएको हो ।
लियो क्लब अफ तनहुँकी उपाध्यक्ष दुर्गा भण्डारीका अनुसार कार्यक्रममा ४० जना अभिभावकको समेत आँखा परीक्षण भएको थियो । कार्यक्रममा ५५ विद्यार्थीलाई शैक्षिक सामग्री समेत वितरण गरिएको छ । उनीहरुलाई कापी, कलम, पेन्सिलजस्ता सामग्री वितरण गएिको भण्डारीले जानकारी दिइन् ।लियो क्लब अफ तनहुँका अध्यक्ष राजेश गैह्रेको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष निरबहादुर खड्का, वडा सदस्य हेरम्बजंग अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम थापा, लायन्स क्लबका सचिव कृष्णमुरारी मिश्र, प्रधानाध्यापक हरिमान श्रेष्ठलगायतले बोलेका थिए ।