गैरजिम्मेवारले विकास पछाडीः जोशी

        फागुन २९,दमौली ।युवा समाज भानुको आयोजना १३ को आयोजनामा १२ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै गुरुङ संस्कृति जगेर्ना गर्नुपर्ने बताए । 
उनले जनजातिको बाहुल्यता भएको तनहुँ जिल्लामा सांस्कृतिक संरक्षणमा सबै लाग्नुपर्ने बताए ।गैरजिम्मेवार प्रतिनिधिका कारण तनहुँको विकास अघि बढ्न नसकेको गुनासो गर्दै नेता जोशीले यसले विकासका काम हुन नसकेको जिकिर गरे । आशकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सभासद उर्मिला थापा, कांग्रेस क्षेत्र नम्बर १ की कार्यवाहक सभापति बालकुमारी लोहोनी, नेपाल महिला संघकी केन्द्रीय सदस्य चिनु पोख्रेल, बीपी विचार समाजका सचिव हरिशरण पण्डित, नेता सुकुमलाल गुरुङलगायतले बोलेका थिए । नेता जोशी केही समययता जिल्लाका विभिन्न भागमा कार्यकर्ता भेटघाटमा सक्रिय छन् ।