महोत्सवमा माण्डवी आउने

         फागुन ३० दमौली । दमौलीमा सञ्चालित तेश्रो दमौली महोत्सवमा बुधबार चर्चित आधुनिक गायक सुनिल गिरीले दर्शक तताएका छन् । साँझपख महोत्सवमा प्रस्तुती दिएका यसै क्षेत्रका बासिन्दासमेत रहेका गायक सुनिल गिरीले आफ्ना आधा दर्जन बढी प्रस्तुती दिएका थिए ।
महोत्सवमा ज्योती लोहोनीलगायतका गायक गायिकाको समेत प्रस्तुती रहेको थियो । महोत्सवमा दोहोरी प्रतियोगिता पनि चलिरहेको महोत्सवका प्रवक्ता दधिराज घिमिरेले बताए । महोत्सवमा बुधबार २५ लाखको व्यवसाय भएको उनले जानकारी दिए ।
महोत्सवमा बिहिबार आधुनिक गायिका माण्डवी त्रिपाठीका साथै लोक रामजी खाँड र चोलेन्द्र पौडेलको प्रस्तुती रहने बताइएको छ ।