निष्काम कर्मका अनुयायी अब इतिहास

पे्रमको प्रसङ्गगमा पुण्यप्रसाद प्रसाई यस.आइ.क्यान पुस्तकमा लेख्छन्, ‘प्रेम नदी हो । ऊ निरन्तर बग्छ । कहाँ पुग्न ? सागरमा विलिन हुन । सागरमा पुगेर आफ्नो परिचय, गर्व र ओज सारा गुमाउँछ नदीले । यो थाहा छ उसलाई तर ऊ रोक्दैन आफुलाई । मञ्जुर यो बिलय उसलाई । यो हो प्रेम । सबै दिइ सकेर फेरि पनि दिने इच्छा पुरा भएकै हुँदैन । अझ दिन मन लागि रहेको हुन्छ । यो हो प्रेम ।’’
८५ बर्षको उमेरमा दिवङ्गत हालको व्यास ९ का ब्रहम्दत्त खनाल समाजप्रेमी हुनुहुन्थ्यो । निरन्तर बग्ने नदी जस्तो चर्चा नरुचाउने उहाँको स्वभाव  थियो । आफनो स्वभावअनुसार सामाजिक कामको नेतृत्व लिने उहाँको स्वभाव विशेषता थियो । प्रतिष्ठा खोज्ने रवाफी खालको शैलीमा उहाँलाई कहिल्यै  नदेखेको समकालिनहरु बताउँछन् । 
समाजले दिएको भुमिका कुशलतापुर्वक निर्वाह गर्ने, तर स्वयमले भूमिका नखोज्ने कारणले कहिल्यै पनि उहाँ विवादमा पर्नु भएन । लक्ष्मी आभारभुत विद्यालय बेसी झारेपछि उहाँ नै समितिको अध्यक्ष बनाइनु भयो । २०३१ सालमा निम्न माध्यमिकको रुपमा स्थापित माहेन्द्री.मा.वि को संस्थापक अध्यक्ष पनि उहाँ नै बन्नु भयो । 
आजको कलेस्ती उपत्यकामा जे जे छ, त्यो हरेकमा ब्रम्हदत्तको पनि पसिना छ । उहाँको लगानी छ । काजिफाँटको लगानी छ । निष्काम र्कमवादीहरु आफ्नै चिन्तनमा जिवनशैली निर्माण गर्छन । ब्रम्हदत्तले त्यसरी नै आफना छोरा(छोरी र भतिजा भतिजीहरुको  सुरक्षा कतै खोज्नु भएन । कसैसँग गुनासो गर्नु भएन । उपलब्धीमा गर्व गरेर त्यो जस समुदायलाई दिनु भयो । समाजमा विलिन हुनुभयो । यही त हो समाज प्रेम । यही नै त हो समाज परिवर्तन गर्ने योग्यता । यही त हो नि समाज दिने प्रेम, वास्तविक प्रेम । सबैलाई सम्मान मान्ने प्रेम ।
खनालहरुको छोटो इतिहास तिर लागौँ । विश्वामित्र ऋषिका सन्तान हुन् । यिनीहरुको गोत्र घृतकौशिक हो । नेपाल, बराल पण्डित र सुतारकार्कीहरु खनालहरुका सगोत्री हुन् । खनालहरुको प्रवर घृतकौशिक(विश्वामित्रहरु(शालङ्कयन हो । सिम्पानी, राम नगर, मानुङ, काजीफाँट र लमजुङको किरिन्चेका खनालहरुको मुल पुरुष सत्यधर खनाल हुन् ।
किरिन्चेका खनालहरु र काजीफाँटका खनालहरु निकट हुन् । खनालहरुको उत्पत्तिस्थल अर्घाखाँचीको खन गा.वि.स. हो । वि.सं. १५१५ मा पाल्पामा मुकुन्दशसेन प्रथम राजा भएका थिए । उनीहरुका छोराहरुले राज्य भागवन्डा गर्दा उनका साहिला छोरा भृङगीसेन संग केही खनालहरु साथै आएका हुन् । सिम्पानीबाट  काजीफाँटका खनाल कहिले छुटिए भन्ने प्रष्ट इतिहास भेटिंदैन , सेनवंशी शासनकालमै यिनीहरु अलग्गिएको सम्म मानिन्छ । 
ब्रम्हदत्तलाई दाईहरुको प्रेरणा प्राप्त हुन्थ्यो । माहेन्द्री मा.विको स्थापना गर्दाको एउटा प्रसङ्ग चर्चा गरौ । तिनताका पनि विद्यालय स्थापना गर्दा होस या स्तर वृद्रि गद्र्रा  होस या केहि रुपैँया धरौटी राख्नु पथ्र्यो । नगद जम्मा गर्न मुस्किल परेपछि तिन दाजुभाई बिच जग्गाधनी प्रमाण पुर्जा  नै धरौटीमा राख्ने सल्लाह भयाृे । तर पदमबहादुर गोदारले खेत बन्धकी लिने र धरौटी  पुरा गर्ने  टुङगो भयो । विद्यालयले अनुमति प्राप्त गर्याे । पदम्बहादुर गोदारले जग्गा कमाउनु भएन । उहाँलाई पछि चन्दा उठाई बिनाब्याजको साउँ फिर्ता गरियो । समाज पे्रमको एउटा प्रमाण हो यो । ब्रम्हदत्तको स्वभाव र आनिबानीबारे केही उल्लेख गरौँ । लोकतान्त्रिक आचरण र व्यवहार उहाँलाई सर्वाधिक मन पथ्र्यो । उहाँलाई सरलता मन पथ्र्यो । सादा जीवन उच्च विचार उहालाई सर्वाधिक मन पथ्र्यो । बोली होइन कर्म मन पथ्र्यो । हरेकले गरेका राम्रा काम टुंगोमा पुगेको देख्न पथ्र्यो । आफ्नै धरातलमा टेकेर हिंड्न मन पथ्र्यो । कसैको प्रशंसै प्रशंसा हैन यथार्थ मूल्यांकन मन पथ्र्यो । प्राप्ति होइन त्याग मन पथ्र्यो । जीवन संघर्ष मन पथ्र्यो । बालबालिका रचनात्मक बनेको मन पथ्र्यो । युवाहरु स्वरोजगार बनेको मन पथ्र्यो ।  नदीको जस्तै क्रियाशिलता मन पथ्र्यो । पूजारी होइन आध्यायत्मवादी मन पथ्र्यो । परिश्रमबाटै परिश्रमको आह्वान मन पथ्र्यो । मान्छेभित्रको मानवता मन पथ्र्यो । निस्वार्थ र समर्पित सनातनदेखि चलिआएको मौलिकतामा तनाव व्यवस्थापन मन पथ्र्यो । फूलबारी र हरियाली मन पथ्र्यो । खेर गैरहेका स्थानीय श्रोतको उपयोग र परिचालन मन पथ्र्यो । 
ब्रह्मदत्तबारे यो पंक्तिकारले दमौली खबर नजन्मिंदै पनि लेखेको थियो । उहाँबारे मात्र होइन उहाँसँगै काम गर्ने छँदाखाँदाको सेवाबाट राजिनामा गरेर संस्थापक प्रधानाध्यापक बन्नुभएका हरिप्रसाद प्रेमीबारे पनि कलम चलाएको थियो । मरे पछि गुणगान गाउने हाम्रो समाजमा उहाँहरु जीवित छँदै इतिहास खोतल्ने निर्णय बेवारिसे भयो । दुवैजनाले कमसेकम आफ्नै आँखाले केही योगदान चर्चा देखेर धर्ती छोड्नु भएको भए घटनाले पंक्तिकारलाई केही सन्तुष्टि दिन्थ्यो होला । सुकर्मको नेतृत्व गरेर दिवंगत सबैको आत्माले चिरशान्ति प्राप्त गरोस् उहाँका परिवारका सदस्यहरुले पनि समाजप्रेम गरिरहुन् । उनीहरुले पनि समाजप्रेम गर्न जानुन् । निष्काम कर्मका अनुयायीहरुको इतिहास संरक्षण गरौं ।