घाँटी हेरी हाड निलौ

स्थानीय सरकार अस्तित्वमा आएसँगै जनप्रतिनिधिको सवारी साधन मोह पनि सार्वजनिक भएको  छ ।  आफ्नो क्षेत्रको विकासका लागि नागरिक मतदाताले चुनेका प्रतिनिधिहरुले विकासलाई प्रभावकारी कसरी बनाउने भन्नेमा चिन्ता राख्नुलाई अन्यथा भन्न सकिन्न । विकास निर्माणलाई थप प्रभावकारी बनाउन चाहिने सेवा सुविधालाई पनि नाजायज भन्न सकिन्न । 
तर  स्थानीय तहका प्रतिनिधि सेवा सुविधामा बढी केन्द्रीत भएको छनक पाइएको छ । जनताका प्रतिनिधिहरुले विकासे मोडल, अहिलेको विकास खाडल अन्त्य गर्नु पर्ने, आन्तरिक श्रोतको वृद्धि आदि विषय प्रमुख एजेण्डा बनाएर यसका बारेमा व्यापक छलफल गर्नुपर्ने 
हो । तर सुविधाका लागि बढी जोड दिने अवस्थाले जनप्रतिनिधिको गम्भीरतालाई प्रष्ट गरेको छ ।
प्रवृत्ति फेरि पनि प्रतिनिधिमा जन्माउने आशंका देखा परेको छ । अहिलेको स्थानीय तहको संरचना गर्दा सकेसम्म सक्षम गराउने प्रयास भए पनि सबै तह आर्थिक हिसाबले बराबर छैनन् । यस्तोमा सबैले आफ्नो तहबाट सवारी साधन लगायतका आवश्यकता परिपूर्ति गर्न सक्ने अवस्था पनि छैन । तर जनताको सेवालाई प्रधान मानेर निर्वाचित प्रतिनिधिले काम गर्नु पर्ने हो । काम थाल्न नपाउँदै सुविधाप्रतिको आशक्ति देखाउँदा त्यसले राम्रो सन्देश जाँदैन । नागरिक मतदातालाई आश्वस्त पार्दै विकासको पथमा अघि बढ्नु नै जनप्रतिनिधिका लागि बुद्धिमानी कदम हुनेछ ।