तनहुँका सांस्कृतिक सम्पदा

तनहुँ सांस्कृतिक सम्पदाका दृष्टिले धनी छ । मगर, गुरुङ, नेवार, दरैलगायतका जनजाति तथा ब्राह्मण, क्षेत्रीसहितका आर्यन संस्कृतिका हिसाबले धनी जिल्लाले सांस्कृतिक पर्यटनका माध्यमबाट पनि लाभ लिन सक्दछ । बन्दीपुरमा पर्यटकको संख्या बढ्नुमा त्यहाँका प्राचीन सम्पदाका रुपमा रहेका घरहरु अनि त्यहाँको नेवार, गुरुङ तथा मगर संस्कृति पनि एक कारण हो । हामीकहाँ पुलिमराङ र क्यामिन गुरुङ, व्यास दरै, ऋषिङ मगर तथा बन्दीपुर नेवार सम्पदामा धनी 
छन्  । यसलाई प्रचार गर्दै पर्यटकीय चहलपहल बढाउन चाहने हो भने हामीले गर्न सक्ने कामहरु धेरै छन्  । यसका माध्यमबाट एकातर्फ संस्कृतिको संरक्षण तथा अर्कोतर्फ पर्यटनका माध्यमबाट आम्दानी लिन सकिने अवस्था छ । जिल्लाका स्थानीय तहहरुले आफ्ना यी विशेषताको पहिचान गरी योजना तर्जुमा गर्नु जरुरी छ ।