व्यास क्षेत्रमा चहलपहल बढाऔं

महर्षि वेदव्यासको तपोभूमि दमौलीमा अठार महिने अखण्डकीर्तन अब अठार महिना पुग्दैछ । चार वेद, अठार पुराण र महाभारतका रचयिता महर्षिको तपोभूमि दमौलीलाई विश्वव्यापी रुपमा चिनाउनका लागि आयोजित महायज्ञ यति लामो समय सफलतापूर्वक अघि बढेर समापनको घडीसम्म पुग्नु यस क्षेत्रका सबैको सफलता हो । पावन व्यासभूमिलाई विश्वमाझ चिनाउनका लागि यस ठाउँको गरिमाको प्रचारका अलावा समग्र यस क्षेत्रमा धार्मिक गतिविधि बढाउनु जरुरी छ । व्यास क्षेत्रमा जति जति गतिविधि बढ्दै जान्छन्, त्यति नै यस ठाउँको धार्मिक महत्व बढेर जान्छ । यसकारण पनि यस्ता धार्मिक कार्यक्रमहरु यस ठाउँको विकासका लागि जरुरी छ । यस ठाउँको विकासका लागि सबै लागेर यस्ता कार्यक्रम सफल पार्नु पनि जरुरी छ । यसतर्फ यस क्षेत्रका नागरिक समाज सबैको ध्यान जानु जरुरी 
छ । जति धेरै गतिविधि हुन्छन्, त्यति नै चहलपहल बढ्ने भएका कारण व्यास क्षेत्रमा नियमित रुपमा धार्मिक गतिविधि बनाउने वातावरण यस क्षेत्रका प्रबुद्ध वर्गबाट समेत हुनु जरुरी छ । अठार महिने संकीर्तन समापनका क्रममा ठूलो जनसहभागिताले भारतबाट आउने विद्वानहरुलाई समेत सकारात्मक सन्देश छाड्न सक्छ । यसर्थ अठार महिने संकीर्तन समारोह समापनका लागि सबैले सकेको सहयोग गरी कार्यक्रम भव्य पार्नु हाम्रै लागि हितमा छ ।