कमिशनको खेलले अभिभावकलाई सास्ती

 शिक्षणसंस्थाको कमिशनको खेलका कारण अभिभावकले सास्ती बेहोर्नु परेको तनहुँका अभिभावकले गुनासो गरेका छन् । विभिन्न विद्यालयका सञ्चालक तथा शिक्षकहरुले कमिशनको लोभमा एक ठाउँमा मात्र पुस्तक खरिद गर्नुपर्ने बाध्यता श्रृजना गरेकाले समस्या हुँदै आए पनि अनुगमनकारी निकाय शिक्षा कार्यालयले कारबाही नगरेको उनीहरुको गुनासो छ । 
अभिभावक संघ 
तनहुँक ा अध्यक्ष ऋषिराम पोख्रेलले 
हरेक शैक्षिक सत्रमा यही समस्या दोहोरिने भए पनि कारबाही नहुने गरेको बताए । दमौली एफएम ९४.२ को साप्ताहिक कार्यक्रम ‘जगदम्बा सिमेन्ट कुराकानी’मा बोल्दै उनले कतिपय विद्यालयले सोही कारण हरेक वर्ष पाठ्यपुस्तकसमेत फेर्ने गरेको बताए । ‘कमिशनको चक्करमा अभिभावकलाई सास्ती हुँदा पनि कोही बोलेको छैन,’ उनले भने । कमिशनकै कारण एउटै प्रकाशनको पुस्तक लगाइंदा शैक्षिक सत्रको पठनपाठन शुरु भएको लामो समयसम्मसमेत विद्यार्थीले पुस्तक नपाउने गरेको उनले जिकिर गरे ।
िजल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक भरत बरालले यसपल्ट समयमै विद्यार्थीले पाठ्यपुस्तक पाउनेगरी व्यवस्था मिलाउन विद्यालयहरुलाई निर्देशन दिइएको बताए । ‘शुरुमै विद्यार्थीले पाठ्यपुस्तक पाउने वातावरण बन्नुपर्छ,’ उनले भने ।
उनले निजी तथा संस्थागत विद्यालयमा अनुगमन नियमित हुने गरेको बताए । अभिभावकबाटसमेत आउने उजुरीका आधारमा अनुगमन हुने गरेको भन्दै अब स्थानीय तहको जिम्मेवारीमा शिक्षा पुगेकाले स्थानीय तह यस कुरामा बढी जिम्मेवार हुनुपर्ने उनल
े बताए । बरालले सामुदायिक तथा संस्थागत दुवै विद्यालयमा भर्ना बढाउनका लागि आवश्यक कार्यक्रम तय गरिएको बताए । 
बीचमै विद्यालय छाड्ने क्रम पनि रहेको भन्दै उनले यसका लागि अभिभावकसमेत जिम्मेवार हुनुपर्ने बताए । 
भर्ना भएका विद्यार्थी नियमित विद्यालय गए नगएको अनुगमन गर्ने जिम्मेवारी अभिभावकको भएको उनले बताए । कार्यालयले वैशाखको शुरुबाटै जिल्लाभर भर्ना अभियान सञ्चालन गर्ने र पहिलेको तुलनामा कार्यक्रममा सुधार हुने उनले बताए ।